Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

एसियन गेम्सको पुरुष भलिबलमा बहराइनसँग नेपाल पराजित

एसियन गेम्सको पुरुष भलिबलमा बहराइनसँग नेपाल पराजित

images

एजेन्सी

३, आश्विन २०८०
एसियन गेम्सको पुरुष भलिबलमा बहराइनसँग नेपाल पराजित
images

काठमाडौं । एसियन गेम्समा अन्तर्गतको पुरुष भलिबलमा नेपाललाई बहराइनले ३–१ को सेटमा हराएको छ ।

चीनको हाङचु शहरमा आगामी शनिवार औपचारिक उद्घाटन हुने १९ औं एसियाली खेलकुदका केही टिम गेम भने सुरु भईसकेका छन् । सोही अनुरुप नेपालको पुरुष भलिबल टोलीले हिजो बहराइनको सामना गरेको थियो ।

बहराइन विरुद्धको पहिलो सेट २५–२० ले जितेको नेपाल त्यसपछि २०–२५, १८–२५ र १५–२५ ले पछि पर्‍यो । नेपालले दोस्रो खेल आज इरानसँग खेल्नेछ । इरानसँगको खेल पनि हारेको खण्डमा नेपाल समुह चरणबाटै बाहिरिनेछ ।

एसियन गेम्सको औपचारिक उद्घाटन अघि नैं भलिबल, फुटबल र क्रिकेटजस्ता टिम खेल सुरु भइसकेका छन् । एसियन गेम्सको यो संस्करणमा नेपालले २९ खेलमा २ सय ५३ खेलाडी सहभागी गराएको छ ।

images
प्रकाशित मिति :आश्विन ३, २०८० बुधवार - ०८:०१:३३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology