Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

चितवनमा गाई मरेपछि मान्छे मरेझै किरिया गरियो

चितवनमा गाई मरेपछि मान्छे मरेझै किरिया गरियो

images

इच्छाकामना न्युज

२५, भाद्र २०८०
चितवनमा गाई मरेपछि मान्छे मरेझै किरिया गरियो
images

चितवन,  । गाईको पनि मृत्यु पछि मान्छेको जस्तै काजक्रिया हुन्छ भन्दा अचम्म लाग्न सक्छ तर चितवनको राप्ति नगरपालिका वार्ड नम्बर ३ पसौनिमा गाईको मृत्यु पछि मान्छेको जस्तै काजक्रिया गरिएको छ । चितवनको राप्ति नगरपालिका वार्ड नम्बर ३ पसौनिका कृषक बद्री घितालले आफुले पालेको गाई मरेपछि मान्छेको जस्तै क्रिया गरेका छन् ।

गत भदै ५ गते बेलुका ९/१०  बजेको समयमा राप्ति नगरपालिका वार्ड नम्बर ३ पसौनिमा रहेको घितालको गाइ गोठमा आगोलागि हुदा गोठमा रहेका ६ गाइ मध्य ५ गाइ को जलेर मृत्यु भएको थियो।

बाँधेकै ठाउँमा दाम्लोसँगै गाईको मृत्यु भयो भने गाई हत्या लाग्ने भएकाले काजक्रिया गरिएको उनले वताएका छन् । गाईको हत्या गर्न पाउनु पर्ने र गाईको मासु खान पाउनु पर्ने एकथरीको माग भइरहँदा उनले गरेको गाईको काजक्रिया भने यतिवेला चर्चाको विषय बनेको छ ।

राष्टिय जनावार गाईलाई हिन्दु धर्मावलम्वीहरुले गाईलाई आमाको रुप मानेर पुजा गर्ने गर्दछन् । आफुले पालेको, दुध खाएको गाईको मृत्युपछि काजक्रिया गरिएको कृषक घितालले वताए ।

जस्ले गाई बाँधेको छ उसैलाई दोष लाग्ने भएकाले बैद्धिक सनातन धर्म अनुसार नै काजक्रिया गर्नु परेको देबघाट क्षेत्र बिकास समितिका पुर्ब अध्यक्ष एबम आध्यात्मिक ब्यक्ति टन्क नाथ पौडेलले बताए ।

images
प्रकाशित मिति :भाद्र २५, २०८० सोमवार - २२:३३:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology