Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

चितवनकी पूर्वपत्रकार पुनम गौतम एनआरएनए पोर्चुगलको उपाध्यक्षमा निर्विरोध निर्वाचित

चितवनकी पूर्वपत्रकार पुनम गौतम एनआरएनए पोर्चुगलको उपाध्यक्षमा निर्विरोध निर्वाचित

images

इच्छाकामना न्युज

१५, श्रावण २०८०
चितवनकी पूर्वपत्रकार पुनम गौतम एनआरएनए पोर्चुगलको उपाध्यक्षमा निर्विरोध निर्वाचित
images

चितवन । चितवन गुञ्जनगरकी पुनम गौतम एनआरएनए पार्चुगलको उपाध्यक्षमा र्निविरोध निर्वाचित भएकी छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको हालसालै सम्पन्न अधिवेशनबाट गौतम उपाध्यक्ष बनेकी हुन् ।

भरतपुर–१८ गुञ्जनगरमा जन्मिएकी उनले  चितवनका विभिन्न टेलिभिजन च्यानलमा संवाददाता र समाचार प्रस्तोताको रुपमा आठ वर्ष काम गरिन् । उनी भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत रहेको अवस्थामा पाँच वर्षअघि पोर्चुगल गएकी थिइन् ।

गौतमले एनआरएनए पोर्चुगलको उपाध्यक्षमा निर्वाचित भएसँगै आफूलाई निर्विरोध उपाध्यक्ष बनाउन महत्वपूर्ण भूमिका खेल्ने सबैलाई धन्यवाद दिएकी छन् । उनले सामाजिक सञ्जालमा भनेकी छन्, ‘बिगत केही समयदेखि अन्योलमा रहेको एनआरएनए पोर्चुगललाई गोलबद्ध गरी एक बनाउँदा मेरो पनि प्रत्यक्ष/अप्रत्यक्ष भूमिका पक्कै थियो । मैले बरिस्ठ उपाध्यक्ष पदमा उम्मेद्बारी घोषणा गर्दै गर्दा समाज मिलाउने क्रममा मैले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराए । सोही अनुसार उत्पन्न विवादित समस्याको समाधान समेत भएको छ । साथै मलाई निर्विरोध निर्वाचित गराउनुहुने हुने सबैलाई धन्यवाद ।’ गौतमले हिजो जे गरे त्यो भन्दा भोलि राम्रो गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् ।

images
प्रकाशित मिति :श्रावण १५, २०८० सोमवार - २०:३३:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology