Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

बुढीगण्डकी आयोजना निर्माणको काममा ढिलाइ गर्ने छुट छैन : प्रधानमन्त्री प्रचण्ड

बुढीगण्डकी आयोजना निर्माणको काममा ढिलाइ गर्ने छुट छैन : प्रधानमन्त्री प्रचण्ड

images

इच्छाकामना न्युज

३, श्रावण २०८०
बुढीगण्डकी आयोजना निर्माणको काममा ढिलाइ गर्ने छुट छैन : प्रधानमन्त्री प्रचण्ड
images

गोरखा ।  प्रधानमन्त्री पुष्पकमल दाहालले बुढीगण्डकी जलविद्युत आयोजनाको काम तीव्ररुपमा अघि बढ्ने बताएका छन्। बुधबार आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्न गोरखाको सिउरेनीटार पुगेका प्रधानमन्त्रीले दाहालले आयोजना निर्माणमा ढिलाइ गर्ने छुट आफूलाई नभएको बताए।

‘हर हालतमा आयोजना निर्माण सम्पन्न गर्नुपर्छ, ‘उनले भने,’ ढिलाइ गर्ने छुट अब मलाई छैन।’

गोरखाको गण्डकी गाउँपालिका– ८ सिउरेनीटारमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले ताम्रपत्र अनावरण गरेर  बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको शुभारम्भ गरेका हुन्।

यसअघि प्रधानमन्त्री दाहाललगायत उच्च अधिकारीले हेलिकोप्टरमार्फत् गोरखा र धादिङको सो आयोजनाबाट हुने डुबान क्षेत्रको अवलोकन गरेका थिए। प्रधानमन्त्रीका साथमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, धादिङ र गोरखाका सङ्घीय सांसद्, गण्डकी र बागमती प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्री, मुख्यसचिव, ऊर्जा सचिव र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलगायत छन्।

सरकारले आयोजना प्रभावितलाई हालसम्म ३४ अर्ब ३० करोड बराबरको मुआब्जा वितरण गरिसकेको छ । घर गोठ,बोटबिरुवातर्फ छ अर्ब ७० करोड बराबरको मुआब्जा वितरण भइसकेको छ । हाल मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ । 

आयोजना अगाडि बढाउनका लागि प्रधानमन्त्री दाहालले चासो राख्दै आएका छन्।  

images
प्रकाशित मिति :श्रावण ३, २०८० बुधवार - १९:४५:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology