Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाट गाउँपालिकाको बजेट संसोधन सहित पारित, नयाँ बजेट ५२ करोड ५१ हजार

देवघाट गाउँपालिकाको बजेट संसोधन सहित पारित, नयाँ बजेट ५२ करोड ५१ हजार

इच्छाकामना न्युज

२६, आषाढ २०८०
देवघाट गाउँपालिकाको बजेट संसोधन सहित पारित, नयाँ बजेट ५२ करोड ५१ हजार

देवघाट । तनहुँको देवघाट गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट पारित गरेको छ । सोमबार सम्पन्न गाउँसभाबाट करिब ५२ करोड रूपैयाँबराबरको बजेट सर्वसम्मतरुपमा पारित गरेको हो । गत असार १० गते सम्पन्न बाह्रौँ अधिवेशनको दोस्रो सभाबाट गाउँपालिकाले नीति तथा कार्यक्रममा कुल ५० करोड ६६ लाख ९८ हजार ६०० रूपैयाँको बजेट प्रस्ताव गरेको थियो ।

images

तर, गाउँपालिकाको विकास निर्माणमा मह¤वपूर्ण आयोजना छुट्न गएको भन्दै उक्त नीति तथा कार्यक्रमलाई संशोधन गरी सोमबारको सभाले कुल ५२ करोड ५१ हजार ४०० रूपैयाँबराबरको बजेट पास गरेको गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरूङले जानकारी दिए । ‘हामीले बाह्रौँ अधिवेशनको दोस्रो बैठकबाट कुल ५० करोड ६६ लाख ९८ हजार ६०० रूपैयाँ बजेट प्रस्ताव गरेका थियौँ । तर, त्यसले पालिकाभित्र गर्नुपर्ने मह¤वपूर्ण विषय छुटेको हुँदा संशोधन गरेर थोरै रकम बढाएका छौँ’, उनले भने, ‘यसले गाउँपालिकाको काममा केही सहज हुने हामीले महसुस गरेका छौँ ।’

उनका अनुसार बजेटको आकार हेर्ने हो भने यसवर्ष गत आर्थिक वर्षभन्दा केही घटेको छ । तर, कामको हिसाबले गत आर्थिक वर्षभन्दा नयाँ आर्थिक वर्षमा अझ धेरै गर्न सकिने सम्भावना रहेको उनले बताए । ‘गत आर्थिक वर्षमा हामीलाई भुक्तानी दिनुपर्ने पुरानो रकम धेरै भएकोले बजेट बढी विनियोजन गर्नु परेको थियो । तर, यसपटक भुक्तानी दिनुपर्ने रकम धेरै छैन । त्यसैले बजेटको आकार पोहोरभन्दा केही सानो देखिएको हो’, उनले भने, ‘यति हुँदा पनि विकास निर्माणको काम गत वर्षभन्दा यसवर्ष बढी हुनेमा हामी ढुक्क छौँ ।’

सोमबार गाउँपालिकाले पारित गरेको रकमअनुसार गाउँपालिका र संघसँग सशर्त, समपूरक र विशेष शीर्षकमा चालू खर्चतर्फ २० करोड ६२ लाख र पुँजीगत खर्चतर्फ दुई करोड ९० हजार गरी २३ करोड ५२ लाख र प्रदेशसँग सशर्त, समपूरक र विशेष शीर्षकमा पुँजीगत खर्चतर्फ मात्रै एक करोड २५ लाख रूपैयाँ बजेट छुट्टयाएको छ ।

यसबाहेक गाउँपालिकामा भएका पाँचवटा वडा समितिका लागि चालू खर्चतर्फ एक करोड २३ लाख ५० हजार र पुँजीगत खर्चतर्फ चार करोड ४६ लाख ५० हजार गरी पाँच करोड ७० लाख रूपैयाँ बजेट विनियोजन भएको छ । विषयगत शाखा शीर्षकमा भने चालू खर्चतर्फ ११ करोड २१ लाख ४८ हजार ६०० र पुँजीगत खर्चतर्फ १० करोड ३२ लाख दुई हजार आठ सय गरी २१ करोड ५३ लाख ५१ हजार चार सय रूपैयाँ बजेट विनियोजन भएको गाउँपालिकाका उपाध्यक्ष गुरूङले जानकारी दिए ।

जम्मा खर्चको अवस्था केलाउने हो भने चालू खर्चतर्फ ३३ करोड तीन लाख ९८ हजार छ सय र पुँजीगत खर्चतर्फ १८ करोड ९३ लाख ५२ हजार आठ सय गरी कुल ५२ करोड ५१ हजार चार सय रूपैयाँ बजेट विनियोजन भएको देखिएको छ ।

images
प्रकाशित मिति :आषाढ २६, २०८० मंगलवार - १०:४०:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology