Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

तनहुँको देवघाटमा घर भत्किँदा एक जना घाइते

तनहुँको देवघाटमा घर भत्किँदा एक जना घाइते

images

करिश्मा गुरुङ

२२, आषाढ २०८०
तनहुँको देवघाटमा घर भत्किँदा एक जना घाइते
images

देवघाट । तनहुँको देवघाट गाउँपालिका वडा नं. ३ ढकिया टोल, ल्हुङ्ग्रीङमा घर भत्किँदा एक जना घाइते भएका छन् । राति सुतिरहेको अवस्थामा घर भत्किँदा घरधनी ७० वर्षीय खेमबहादुर चुमीमगर घाइते भएका हुन् ।

खरको छानो र ढुङ्गा माटोले बनाएको घर भत्किँदा मगरको ढाड र खुट्टामा चोट लागेको छ । घरले च्यापेर घाइते भएका उनी अहिले घरायसी उपचारको भरमा बसिरहेका छन् । उपचारको लागि स्थानीयले अस्पताल लैजाने प्रयास गरे पनि खेमबहादुर आफैँ उपचार गर्न जान नमानेपछि स्थानीय जडिबुटी खाएर बसिरहेका छन् ।

आर्थिक अवस्था पनि कमजोर रहेको हुँदा उपचारमा पनि समस्या देखिएको स्थानीय समेत रहेका देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीम रानामगरले जानकारी दिए । उनका अनुसार बुधबार राति मुसलधारे पानी परेपछि घरको आगनतर्फको गारो भत्किँदा घरमा सुतिरहेका मगर घाइते भएका हुन् । खरको छानो चुहिएर गारो भिजेपछि भत्किएको स्थानीयले बताएका छन् ।

images
प्रकाशित मिति :आषाढ २२, २०८० शुक्रवार - ०९:२१:०३ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology