Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

तनहुँको देवघाटमा घर भत्किँदा एक जना घाइते

तनहुँको देवघाटमा घर भत्किँदा एक जना घाइते

करिश्मा गुरुङ

२२, आषाढ २०८०
तनहुँको देवघाटमा घर भत्किँदा एक जना घाइते

देवघाट । तनहुँको देवघाट गाउँपालिका वडा नं. ३ ढकिया टोल, ल्हुङ्ग्रीङमा घर भत्किँदा एक जना घाइते भएका छन् । राति सुतिरहेको अवस्थामा घर भत्किँदा घरधनी ७० वर्षीय खेमबहादुर चुमीमगर घाइते भएका हुन् ।

images

खरको छानो र ढुङ्गा माटोले बनाएको घर भत्किँदा मगरको ढाड र खुट्टामा चोट लागेको छ । घरले च्यापेर घाइते भएका उनी अहिले घरायसी उपचारको भरमा बसिरहेका छन् । उपचारको लागि स्थानीयले अस्पताल लैजाने प्रयास गरे पनि खेमबहादुर आफैँ उपचार गर्न जान नमानेपछि स्थानीय जडिबुटी खाएर बसिरहेका छन् ।

आर्थिक अवस्था पनि कमजोर रहेको हुँदा उपचारमा पनि समस्या देखिएको स्थानीय समेत रहेका देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीम रानामगरले जानकारी दिए । उनका अनुसार बुधबार राति मुसलधारे पानी परेपछि घरको आगनतर्फको गारो भत्किँदा घरमा सुतिरहेका मगर घाइते भएका हुन् । खरको छानो चुहिएर गारो भिजेपछि भत्किएको स्थानीयले बताएका छन् ।

images
प्रकाशित मिति :आषाढ २२, २०८० शुक्रवार - ०९:२१:०३ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology