गोरखा, असार । गोरखाको गण्डकी गाउँपालिका वडा न ४ फुजेलमा धन्सार बनाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । मृत्यु हुनेमा गण्डकी–४ निवासी ४१ बर्षिया मिना बराम रहेको छ ।धनसारमा च्यापिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धन्सारले च्यापेर ६५ वर्षीय रामकृष्ण बराम, ४५ वर्षीय जंगबहादुर बराम र २१ वर्षीय सुजन बराम घाइते भएका छन् । प्रहरीका अनुसार मंगलवार बिहान ९.३० बजे उक्त घटना भएको हो । गम्भीर घाइते भएका रामकृष्णलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । उनको कम्मरमुनिको भाग ढुङ्गाले च्यापेको प्रहरीले जनाएको छ । छोरा सुजनको अवस्था भने सामान्य रहेको प्रहरीले बताए ।