Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाट गाउँपालिकाको भवन निर्माण अलपत्र, चार वर्षमा ६० प्रतिशत निर्माण

देवघाट गाउँपालिकाको भवन निर्माण अलपत्र, चार वर्षमा ६० प्रतिशत निर्माण

पत्रपत्रिका

१३, आषाढ २०८०
देवघाट गाउँपालिकाको भवन निर्माण अलपत्र, चार वर्षमा ६० प्रतिशत निर्माण

देवघाट । स्थानीय तह आएको ६ वर्ष भइसक्दा पनि देवघाट गाउँपालिकाको कार्यालय भाडाको घरमा सञ्चालित छ । वडा नं–५ को क्युदीमा निर्माणाधीन कार्यालयको प्रशासकीय भवनको काम विगत एक महिनादेखि रोकिएको छ ।

images

गाउँपालिका र गण्डकी प्रदेश सरकारबाट आएको कुल पाँच करोड ८० लाख ६३ हजार ८७८ रूपैयाँ ५१ पैसामा निर्माण भइरहेको प्रशासकीय भवनको ठेक्का २०७६ असार २२ गते नै सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ असार १८ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म जम्मा ६०.९२ प्रतिशतमात्रै भौतिक प्रगति देखिएको छ । आर्थिक प्रगति भने जम्मा ५५.८९ प्रतिशतमात्रै देखिएको देवघाट गाउँपालिकाकी सव–इन्जिनियर परिक्रमा पन्तले जानकारी दिइन् ।

उनका अनुसार पटकपटक म्याद थप गर्दा पनि ठेकेदारले काम नगरिदिँदा काम सम्पन्न गर्नमा ढिलाइ भएको हो ।

तेस्रोपटक थपिएको म्याद पनि यही असार मसान्तमा सकिँदै छ । पछिल्लोपटक तीन महिनाका लागि म्याद थप गरेको हो । तर, काम भने एक महिनादेखि रोकिएको उनले बताइन् । ठेकेदारले रिटर्निङ वाल निर्माण र कोभिड–१९ को जोखिमका कारण काम गर्न नसकेको बताउँदै ढिलाइ गरिरहेको उनले बताइन् । गाउँपालिकाबाट ठेकेदारले प्रदेशको बजेट ५०/५० लाखको दरले तीनपटकमा डेढ करोड र गाउँपालिकाबाट पटकपटक गरी एक करोड ७४ लाख ४९ हजार ३६८ रूपैयाँ ३६ पैसा गरी कुल तीन करोड २४ लाख ४९ हजार ३६८ रूपैयाँ ३६ पैसा भुक्तानी लगिसकेका छन् ।

गाउँपालिकाले विशुद्ध ठेकेदारको लापर्बाहीले गर्दा काम अलपत्र परेको बताउँदै आएको छ । ‘हामीबाट बजेट रोकावट छैन, ठेकेदारको लापर्वाहीले गर्दा भवन निर्माणको काम अलपत्र प¥यो’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले भने, ‘जसले गर्दा स्थानीय सरकारको ६ वर्ष बितिसक्दा पनि आफ्नै भवनमा सर्न सकेको छैन ।’

गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरूङ भने काम नगर्ने ठेकेदारसँग ठेक्का तोड्ने तयारीमा रहेको बताउँछन् । ‘हाम्रो पालिकाको प्रशासकीय भवनमात्रै होइन ठेकेदारकै कारण धेरै ठाउँमा काम अलपत्र परेका छन्’, उनले भने, ‘त्यस्ता ठेकेदार कम्पनीलाई छानीछानी कारबाही गर्ने तयारीमा छौँ ।’ काम अलपत्र पार्ने ठेकेदारसँग ठेक्का तोडेर नयाँ प्रक्रियामा नगई उपाय नलाग्ने देखिएको उनको भनाइ छ ।

‘ठेक्का सम्झौता भएको म्याद कटेर पनि पटकपटक म्याद थप गरेर एक वर्ष कटिसक्यो । अझै काम गर्दैन भने त्यस्ता ठेकेदारलाई ज्यू ज्यू गरिरहनुपर्ने कुनै कारण नै छैन’, उनले भने । स्थानीय सरकार आएको ६ वर्षसम्म पनि आफ्नै भवन नहुँदा गाउँपालिकाको सेवाप्रवाहमा असर परेको उनको भनाइ छ । चितवनपोष्टबाट

images
प्रकाशित मिति :आषाढ १३, २०८० बुधवार - १०:१०:५८ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology