Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई देबघाट गाउँपालिकाले कालो सूचिमा राखे 

समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई देबघाट गाउँपालिकाले कालो सूचिमा राखे 

images

इच्छाकामना न्युज

१३, आषाढ २०८०
समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई देबघाट गाउँपालिकाले कालो सूचिमा राखे 
images

देवघाट । तनहुँको देवघाट गाउँपालिकाले समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेका छन् । देवघाट गाँउपालिकाको वडा नम्बर १,२ र ३ को सिमानामा बनाउन खोजिएको घण्टाचुली पर्यटन पूर्वाधार आयोजनाको ठेक्का लिएको मृत सञ्जिवनी–शिवशक्ति ईको जेभीलाई पटक–पटक ताकेता गर्दा समेत कार्य सम्पन्न नगरेपछि पालिकाले कालो सूचीमा राखेको देवघाट गाँउपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताए । 

सुवेदीका अनुसार मृत सञ्जिवनी–शिवशक्ति ईको जेभीलाई सम्झौता अनुसार कार्य सम्पन्न गर्न पटकपटक पत्राचार गर्नुका साथै मौखिक रुपमा समेत खबर गरिएको र प्राविधिक प्रतिवेदन अनुसार कार्य प्रगति नदिएकोले उक्त कामको ठेक्का लिने कम्पनीसँग ठेक्का सम्झौता तोड्नु परेको बताए । 

कार्य सम्पन्न गर्ने अन्तिम मिति यही असार २८ गते भएकोले सो समय पछि म्याद थप नगर्ने,ठेक्का तोड्ने र बैंक ग्यारेन्टी जफत गरी गाउँपालिकाको खातामा जम्मा गर्ने गरी निर्माण ब्यवसायीलाई कालोसूचीमा राखिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताए । यो गाउँपालिकाको पहिलो कदम रहेको थापाले बिहानी मिडियालाई जानकारी दिए ।

images
प्रकाशित मिति :आषाढ १३, २०८० बुधवार - ०९:१७:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology