Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

मृत्यु भइसकेको व्यक्तिको खातामा भत्ता रकम कसरी गयो भन्दै देवघाट गाउँपालिकालाई अख्तियारको प्रश्न ?

मृत्यु भइसकेको व्यक्तिको खातामा भत्ता रकम कसरी गयो भन्दै देवघाट गाउँपालिकालाई अख्तियारको प्रश्न ?

इच्छाकामना न्युज

३२, जेठ २०८०
मृत्यु भइसकेको व्यक्तिको खातामा भत्ता रकम कसरी गयो भन्दै देवघाट गाउँपालिकालाई अख्तियारको प्रश्न ?

चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले बुधवार देवघाट गाउँपालिकालाई स्पष्टिकरण सोधेको छ । मृत्यु भइसकेको व्यक्तिको खातामा सामाजिक सुरक्षा भत्ता निकासा भएको भन्ने उजुरी प्राप्त भएको भन्दै अख्तियारले स्पष्टिकरण सहितको प्रमाणित कागजपत्र पठाउन निर्देशन दिएको छ ।

images

आर्थिक वर्ष २०७८/७९ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा गाउँपालिकाले मृत्यु भइसकेको व्यक्तिको खातामा २४ हजार ४०० रुपैयाँ भुक्तानी दिई राज्यलाई हानी नोक्सानी पुर्‍याइएको उजुरीमा उल्लेख छ ।

‘के कसरी मृत्यु भएका व्यक्तिको खातामा रकम निकासा गरिएको हो ? विस्तृत व्यहोरा खुलाई पत्र प्राप्त भएको मितिले १५ दिनभित्र प्रतिक्रियासहित प्रमाणित कागजातहरुको प्रतिलिपि पठाइदिनुहुन अनुरोध छ’, अख्तियारले सोधेको पत्रमा लेखिएको छ ।

akhtiyar-571x768.jpg

 

images
प्रकाशित मिति :जेठ ३२, २०८० बिहिवार - १०:१९:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology