Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सार्वजनिक सुनुवाई गर्न आग्रह गर्दै नेकपा एमाले देवघाटद्वारा पालिकालाई ध्यानाकर्षण पत्र 

सार्वजनिक सुनुवाई गर्न आग्रह गर्दै नेकपा एमाले देवघाटद्वारा पालिकालाई ध्यानाकर्षण पत्र 

इच्छाकामना न्युज

१८, जेठ २०८०
सार्वजनिक सुनुवाई गर्न आग्रह गर्दै नेकपा एमाले देवघाटद्वारा पालिकालाई ध्यानाकर्षण पत्र 

देवघाट । तनहुँको देवघाट गाउँपालिकामा स्थानिय सरकार आएको दोस्रो कार्यकाल सम्ममा कुनै पनि सार्वजनिक सुनुवाई कार्यक्रम नगरेको हुदाँ सार्वजनिक सुनुवाई कार्यक्रम गर्न आग्रह गर्दै नेकपा एमाले देवघाट गाउँ कमिटीद्वारा देवघाट गाउँ  पालिकालाई ध्यानाकर्षण पत्र बुझाइएको छ । 

images

सो ध्यानाकर्षण पत्रमा निम्न कुराहरू उल्लेख गरिएको छ । 

प्रस्तुत विषयमा गाउँपालिका तथा कार्यालयका बिचमा  नागरिकको सम्बन्धमा र संवाद स्थापित गर्न र त्यस्तो सम्बन्धको माध्यमबाट गाउँपालिकाको समग्र विकास गर्न र नागरिकको प्रत्यक्ष सहभागिताको माध्यमबाट गाउँपालिकाका सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाई प्रत्यक्ष र जवाफदेही संस्कृतिको विकास गर्न सार्वजानिक सुनुवाई कार्यक्रमको आयोजना गर्नु पर्ने हुन्छ । गाउँपालिकाबाट सन्चालित विकास कार्यक्रम, उपलब्ध सेवा,वस्तु र सुविधा सार्वजानिक गरि त्यस सम्बन्धमा सार्वजनिक स्थलमा सेवाग्राही नागरिकले उठाएका प्रश्नमा स्पष्टता ल्याउनु नागरिकबाट प्राप्त सुझावलाई ग्रहण गरि जिम्मेवार संस्कृतको विकास गर्न यो सार्वजानिक सुनुवाईको आयोजनमा गरिन्छ । स्थानिय सरकार सन्चाल ऐन २०७४ ले एक आर्थिक वर्षमा कम्ती मा तिन पटक सार्वजानिक सुनुवाई गर्ने जिम्मेवारी स्थानीय तहलाई तोकेको छ ।

सार्वजानिक सुनुवाई कार्यक्रम नहुदा गाउँपालिकाले प्रवाह गरेको सेवा, कार्यसम्पादनको बारेमा नागरिकले पाउने र आफ्ना जिज्ञासाहरु साथै सुचनाहक राख्न बाट बन्चित हुदैँ आएको सो पत्रमा उल्लेख गरिएको छ । सार्वजानिक सुनुवाई सुशासनको एउटा महत्वपुर्ण पक्ष पनि हो । गाउँपालिकाबाट सम्पादन भएका कामहरुलाई नागरिक स्तरमा जानकारी गराउने र नागरिकको सुभाव र सल्लाह ग्रहण गर्ने यो उपयुक्त अवसर पनि भएको हुदाँ गाउँपालिको पारदर्शी रुप मा सन्चालन गर्न एक आर्थिक वर्षमा कम्तीमा एक पटक सार्वजानिक सुनुवाई कार्यक्रमको आयोजना गर्न नेकपा एमाले देवघाट गाँउकमिटिले देवघाट गाँउपालिकालाई अनुरोध गरेका छन् ।

साथै देवघाट गाउँपालिकामा स्थानिय सरकार सन्चालनको सार्वजानिक सुनुवाई सम्बन्धी कार्यविधि पनि निर्माण नभएको हुदाँ आगमी गाउँ सभाले यस सम्बन्धी कार्यविधि पनि निर्माण गरोस् भन्ने ध्यानकर्षण गराएको छ । 

सो ध्यानाकर्षण पत्र आज गाउँपालिकाको दर्ता शाखामा बुझाइएको नेकपा एमाले देवघाट गाउँ कमिटीका अध्यक्ष केशव चन्द्र न्यौपानेले बताए । उनले पालिकामा पत्र बुझाउन गएको १र२ घण्टा हुदाँ समेत सम्बन्धित व्यक्ति नभेटेपछि दर्ता चलानीमा लगेर बुझाएको न्यौपानेको भनाइ छ । साथै न्यौपानेले पालिकामा सरोकारवाला सेवा लिन आउदाँ निमित्त प्रमुख समेत नरहेको हुदाँ पालिका प्रति आपत्ति जनाए । साथै सेवाग्राहीले धेरै दुस्ख खेप्नु परेको छ न्यौपाने ।

images
प्रकाशित मिति :जेठ १८, २०८० बिहिवार - २३:१८:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology