Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाटको घण्टाचुली भ्यू टावर निर्माणमा ठेकेदारको लापरवाही हुदाँ अलपत्र स् काम नगरेपछि बजेट फिर्ता हुने सम्भावना

देवघाटको घण्टाचुली भ्यू टावर निर्माणमा ठेकेदारको लापरवाही हुदाँ अलपत्र स् काम नगरेपछि बजेट फिर्ता हुने सम्भावना

इच्छाकामना न्युज

१५, जेठ २०८०
देवघाटको घण्टाचुली भ्यू टावर निर्माणमा ठेकेदारको लापरवाही हुदाँ अलपत्र स् काम नगरेपछि बजेट फिर्ता हुने सम्भावना

देवघाट । घण्टाचुली देवघाट गाउँपालिकाको सबैभन्दा महत्वपूर्ण स्थान हो, जसलाई प्रवद्र्धन गर्नका लागि २०७६ सालको अन्त्यतिर ‘घण्टाचुली महोत्सव’ नै आयोजना गर्ने तयारी भएको थियो । तर, कोरोना भाइरस सङ्क्रमणको जोखिमले गर्दा तयारी गरेको महोत्सव हुन सकेन । तसर्थ, यहाँका स्थानीय र स्थानीय सरकारको मुख्य मुद्दा पनि घण्टाचुलीको प्रचारप्रसार र प्रवद्र्धन नै हो ।

images

सोहीअनुरुप अघिल्लो स्थानीय सरकारकै पालामा दुई वर्षअघि संघीय सरकार र स्थानीय सरकारबाट पाँच करोड रूपैयाँ बजेट प¥यो । संघीय सरकारको ७५ र स्थानीय सरकारको २५ प्रतिशत बजेट पर्ने गरी थालिएको काम अहिले अलपत्र परेको छ । बजेट खन्याएकै सरकारले चासो नदिँदा आएको बजेट पनि फिर्ता हुने सम्भावना बढ्दै गएको छ ।

350240539_176041475427047_8050478236083482989_n.jpg

स्थानीय कमल गुरूङका अनुसार तीनवर्षे योजनाअनुसार अब जम्मा एक वर्षमात्रै बाँकी छ । तर, काम भने आधा पनि भएको छैन । घण्टाचुलीको टुप्पोमा भ्यू–टावर निर्माण गर्ने योजनासहित जग खन्ने कामसमेत भएको छ । तर, जग खनेर काम रोकिएको करिब दुई महिना भयो । ‘यसबीचमा हामीसँग न ठेकेदार नै सम्पर्कमा छन्, न त स्थानीय सरकार नै’, स्थानीय गुरूङले भने, ‘यसलाई समयमै काम सम्पन्न गरिदिए हाम्रोतर्फबाट गर्नुपर्ने प्रवद्र्धनका अन्य प्रयास हुनेथिए ।’

देवघाट गाउँपालिकाका निवर्तमान अध्यक्ष दुर्गबहादुर थापामगरका अनुसार स्थानीय सरकार आएदेखि नै घण्टाचुलीको विकास निकै मह¤वका साथ हेरिएको विषय हो । तर, कोरोनाकालले गर्दा सोचेजति काम गर्न नसके पनि आफ्नो पालामा थालनी भएको काम अहिले आएर रोकिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

गाउँपालिकाका वर्तमान अध्यक्ष तिलबहादुर थापामगरले भने ठेकेदारको चरम लापर्बाहीका कारण काम अलपत्र परेको बताएका छन् । ‘यो ठेकेदारबाट काम सम्पन्न हुने छाँटकाँट देखिएको छैन’, उनले भने, ‘यसअघिको सरकार हुँदा जति काम भएको थियो त्यसबाहेक थप काम केही पनि भएको छैन ।’ पटकपटक ताकेता गर्दा पनि काम सम्पन्न हुने लक्षण नदेखिएको उनले बताए । आर्थिक मन्दीको समस्या देखाएर जिम्मा लिएको काम नगरेको उनले बताए ।

350110301_114308611674913_7682402270310104605_n.jpg

ठेकेदारले काम नगरेकै कारण निर्माणका लागि परेको कुल बजेटमध्ये ७५ लाख रूपैयाँ फिर्ता हुने निश्चित देखिएको उनले बताए । ‘अहिलेसम्म जम्मा ३० प्रतिशत जतिमात्रै काम भएको देखिन्छ’, उनले भने, ‘ठेकेदारले कामै नगरिदिएपछि ७५ लाख रूपैयाँ फ्रिज हुने सम्भावना बढी छ ।’ उनका अनुसार पाँच करोड रूपैयाँभित्र भ्यू–टावर, पोखरी, बाटो, तारबार, पर्खाल निर्माणसँगै घण्टाचुली मन्दिरको मर्मत गर्ने निर्णय भएको थियो ।

कोरोना भाइरस सङ्क्रमणको सुरूवात भएपछिका अधिकांश विकास निर्माणका काममा ठेकेदार कम्पनी नै बाधक बनेको हुँदा पालिकाभित्रका कुनै पनि विकास निर्माणका काम समयमै सम्पन्न हुन सकस परेको उनले बताए । ‘ठेकेदार सबैको हालत उस्तै देख्छु, जसलाई सोधे पनि आर्थिक मन्दीले बेस्सरी च्यापेको छ भन्छन्’, उनले भने, ‘यसले सबैभन्दा समस्यामा स्थानीय नै परेका छन् ।’

images
प्रकाशित मिति :जेठ १५, २०८० सोमवार - १५:०१:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology