Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भुमिहिन तथा अव्यवस्थित वसोबासी व्यवस्थापन सहजिकरण समिति देवघाटका सदस्य अर्जुन अधिकारीले राजिनामा दिए 

भुमिहिन तथा अव्यवस्थित वसोबासी व्यवस्थापन सहजिकरण समिति देवघाटका सदस्य अर्जुन अधिकारीले राजिनामा दिए 

इच्छाकामना न्युज

१२, जेठ २०८०
भुमिहिन तथा अव्यवस्थित वसोबासी व्यवस्थापन सहजिकरण समिति देवघाटका सदस्य अर्जुन अधिकारीले राजिनामा दिए 

तनहुँ । भुमिहिन तथा अव्यवस्थित वसोबासी व्यवस्थापन सहजिकरण समितिका देवघाट गाउँपालिकाका सदस्य अर्जुन अधिकारीले राजिनामा दिएका छन् । अधिकारीले शुक्रबार देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापालाई राजिनामा पत्र बुझाइएको हो ।

images

राजिनामा पत्रमा लेखिएको छस्भुमिहिन तथा अव्यवस्थित वसोबासी व्यवस्थापन सहजिकरण समिति देवघाट गाउँपालिका तनहुँको सदस्य पदमा मलाई मनोनित गर्नु भएकोमा यहाँ र यहाँको टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु । मेरो व्यक्तीगत घरायसी कारणले उक्त समितिमा रहि कार्य गर्ने चाहना हुँदा हुँदै पनि समय अभावको कारणले कार्य गर्न असमर्थ भएको हुँदा आज कै मिति देखि लागु हुने गरि सदस्य पदबाट राजिनामा पेस गर्दछु भनी लेखिएको छ । 

साथै,पदमा रहँदा होस या नरहँदा होस, जनताको काममा दत्तचित्त भई यथासक्दो सहयोग गर्ने वचन बद्दता समेत प्रकट गरेका छन् ।

images
प्रकाशित मिति :जेठ १२, २०८० शुक्रवार - २३:४२:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology