तनहुँ । तनहुँको देवघाट गाउँपालिकाका प्राविधिकलाई धम्की गालिगलौज गरेको भन्दै गाउँपालिकाका कर्मचारीले प्रेस विज्ञप्ति निकालेको छ । देवघाट वडा ५ गोहिटार बसोबास गर्दै आएका हरि कुँवरले गाउँपालिकाका दुई कर्मचारी सव–इञ्जिनियर परिक्रमा पन्त र विनिता पुनलाई बिहिवार वडा नम्बर ५ को निर्माणधिन रातामाटे प्रवेशद्वारबाट माथि रातामाटे बस्तीतर्फ जाने अधुरो मार्ग ढलान कार्यको अनुगमन जाने क्रममा गालीगलौज गरेर धम्क्याएको भन्दै देवघाट पालिकाका कर्मचारीले प्रेस विज्ञप्ति निकालेको हो ।
सो विज्ञप्तिमा व्यक्तिगत आचरणमा आच आउने गरि सामाजिक सञ्जालमा भ्रम फैलाउने कार्य गरेका कारणले कर्मचारीमा त्रास सिर्जना भएको विज्ञप्ति उल्लेख गरिएको छ ।
सोहि विषयमा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले उमेरको कारणले गर्दा यस्तो समस्या आइपरेको बताउदैँ कहिलेकाही नचाहदा नचाहदैँ यस्तो घट्ना घट्ने गरेको बताए । थापाले यो पालिका परिवार भित्रको कुरा हो यसलाई जति१सक्दो चाडो मिलाएर समाधानका निम्ति अगाडि बढ्ने बताए ।

सोही विषयलाई देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ अध्यक्ष पुर्ण बहादुर कुँवरले भने गल्ती नै गरेको भए दोषी जोसुकै लाई पनि नछोड्ने हताउदै कानुन बमोजिमको कारबाही समेत गर्ने बताए ।
सोही विषयमा पालिकाका सम्पूर्ण कर्मचारीहरूबिच सभाहलमा भेला बसि थप छलफल भोलि हुने गरि सारिएको हो भने कर्मचारीको शान्ति सुरक्षा र दोषीलाई कारबाहीको माग राखिएको छ ।
उक्त सडकको ढलान कार्य सकिए पनि इन्जिनियरले पालिकामा गलत सूचना दिएर भुक्तानी रोकिएको आरोप लगाइएको इन्जिनियर पुन बताउँछिन्। जुनसुकै योजनाको काम गर्दा पनि पालिकाबाट प्राविधिक गएर अनुगमन गरे पनि पालिकाबाट अनुगमन गरेर रिपोर्ट तयार पारेपछि मात्रै भुक्तानी हुने उनले बताइन्।
तर, हरि कुँवरले आफू वडा अध्यक्षको छोरा हो भन्दै पहुँच देखाएर ‘के गर्नुहुन्छ गर्नु र म के गर्न सक्छु त्यो गर्छु’ भन्दै आफूहरूमाथि नै जाइलाग्ने प्रयास गरेका पुनको भनाइ छ।
देवघाट–५ को वडा कार्यालयबाट ३ लाख रूपैयाँ लागतमा रातामाटे प्रवेशद्वाराबाट रातामाटे वस्तीतर्फको अधुरो सडक ढलान गरेको थियो।