Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

नेपालमा भ्रष्टाचारको आरोप लागेकालाई अमेरिकामा बहिस्कार गरिने

नेपालमा भ्रष्टाचारको आरोप लागेकालाई अमेरिकामा बहिस्कार गरिने

images
नेपालमा भ्रष्टाचारको आरोप लागेकालाई अमेरिकामा बहिस्कार गरिने
images

अमेरिका । नेपालमा भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरुलाई अमेरिकामा सार्वजनिक रुपमा बहिस्कार गरिने भएको छ ।

प्रवासी नेपाली एकता मञ्च नेपालले न्यूयोर्कमा पत्रकार सम्मेलन गरि यस्तो अभियानको घोषणा गरेको हो ।

मञ्चले नेपालमा पछिल्लो समय बाहिरिएको नक्कली भुटानी शरणार्थी काण्डले उच्च तहको संगठित अपराधको पर्दाफास भएको भन्दै अव नागरिक तहबाट पनि यस्ता भ्रष्टाचारीहरुलाई बहिस्कार गरिनुपर्ने बताएको हो ।

नक्कली शरणार्थी भ्रष्टाचार काण्डले देशको साख गरिनेको भन्दै मञ्चले यसको निष्पक्ष छानविन गर्न माग गरेको छ । मञ्चका अध्यक्ष शंकर पन्तले जारी गरेको विज्ञप्तिमा भनिएको छ- “अहिले नेपालमा उदांगिएको नक्कली भुटानि शरणार्थी प्रकरणले भ्रस्टाचार अर्थात आर्थिक अपराध कतिसम्म संस्थागत छ भन्ने कुरा मात्र होइन देशको स्वाभिमान र शीर समेत निहुर्याएको छ । निश्चय पनि संस्थागत भ्रष्टचारलाई अन्त्य गर्न धेरै चुनौतीहरुको सामना गर्नु पर्छ । तर पनि यो सरकार र खासमा गृहमन्त्रीले लिनु भएको शुरुवाती पहल प्रति हामी सम्मान ब्यक्त गर्दछौ ।”

मञ्चले भ्रष्टाचारको आरोप लागेका जो कसैलाई पनि स्वागत नगर्ने एवं त्यस्ता व्यक्ति सहभागि कार्यक्रम बहिकाष्कार गर्ने अभियानमा साथ दिन अमेरिकामा रहेका सम्पूर्ण संघसंस्थाहरुलाई आग्रह समेत गरेको छ ।

त्यस्तै यो अभियानमा ऐक्यवद्धता जनकाउने क्रम जारी रहेको भन्दै छिट्टै यसले मुर्त रुप लिने पनि मञ्चले विश्वास गरेको जनाएको छ ।

images
प्रकाशित मिति :जेठ २, २०८० मंगलवार - ०८:२७:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology