Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाटमा मिलेमतोमै त्रिशुली नदीको चरम दोहन ! सबै मुकर्दशक

देवघाटमा मिलेमतोमै त्रिशुली नदीको चरम दोहन ! सबै मुकर्दशक

सुर्य बराल

२१, बैशाख २०८०
देवघाटमा मिलेमतोमै त्रिशुली नदीको चरम दोहन ! सबै मुकर्दशक

देवघाट । तनँहु, नवलपुर र चितवनको संगम पबित्र भुमि देवघाटमा नदीजन्य प्राकृतिक सम्पत्तिहरु (गिट्टी, बालुबा, ढुङ्गा) दिन दुई गुना, रात चौगुनाका दरले दोहन र चोरी भईरहेको छ ।

images

प्राकृतिक सम्पत्तिको दोहनमा गाँउपालिका प्रमुख, प्रशासकिय अधिकृत, पालिकाका ईन्जिनियर, स्थानिय राजनीतिक दलका नेता तथा स्थानिय प्रहरी प्रशासनको मिलेमत्तो रहेको पाइन्छ । एक स्थानीयका अनुसार देवघाट गाँउपालिकाका जनप्रतिनिधिहरु नै ठेकेदार पोषाउन लागिपरेकोले ठेक्काको आडमा मापदण्ड बिपरित अबैध उत्खनन भईरहेपनि सबैजना तैं चुपमै चुपको अवस्थामा रहेका हुन् ।

कतिसम्म भने त्रिशुली नदिकै बिचसम्म पुगेर अबैध रुपमा एक्जाभेटरले नदीजन्य पदार्थ दोहन गरिरहेको भिडीयो सम्बन्धित निकायसम्म पुग्दा समेत उनीहरु मुकर्दशक बसेका हुन् । यसरी देवघाटस्थित त्रिशुली वारी पारी दुबैतर्फ राजनितीक दलका कार्यकर्ता, पालिका कर्मचारी र स्थानिय प्रशासनको मिलेमतोमा शक्तिको दुरुपयोग गरी गैरकानुनी रुपमा चरम नदी दोहन भईरहेको छ ।

ठेकेदारलाई नदीमा तोकिदिएको भन्दा कयौं गुणा बढी परिणाममा नदीजन्य पदार्थ उत्खनन् एवम् ढुवानी हुने गरेको तथ्य हुँदाहँुदै पनि अनुगमन नै नगरी ठेकेदार मोटाउने कार्य किन भईरहेछ भन्ने बिषयले अहिले शंकाको घेरामा सबै परेका हुन् । ‘नदीजन्य पदार्थ विहान ५ बजेदेखि राती ७ बजेसम्म उत्खनन् र ढुवानी भइरहेको छ ।

सत्ता र शक्तिको दुुरुपयोग गर्दै वर्षेनी यसरी देवघाट क्षेत्रमा गैरकानुनी रुपमा नदीको दोहन गरिरहँदा पनि स्थानीय प्रशासनहरु भने मौन छ ।प्रशासनको मौंनता भित्र स्थानियले भनेजस्तै कतै कमिशन र भागबण्डाको खेल त् होईन् ? यो बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगाएतका निकायहरुको तत्काल ध्यान जानुपर्ने देखिन्छ ।

यसैबिच, यस बिषयमा जिल्ला प्रशासन कार्यालय तनहँुका प्रमुख छबिराज ओझासँग बुझ्दा उनले कानुनबिपरित काम गर्नेलाई कार्बाही गर्ने भनि रेडिमेट उत्तर दिए । अबैध उत्खनन्मा सम्लग्न ठेकेदारलाई के कार्बाही गर्ने भन्ने बिषयमा स्पष्ट खुलाएनन् । उनले प्रहरीलाई हेर्न पठाउने बताएपनि अनुगमन गर्ने कार्यक्षेत्र समन्वय समितीको रहेको जिकीर गरे ।

यता जिल्ला समन्वय समिती तनहँुका प्रमुखले यस बिषयमा आफुले अनुगमनमा तत्काल कर्मचारी र प्रहरी खटाउने बताए । प्रमुख वाग्लेले प्रहरी खटाउने भने पनि यो समचार तयार पार्दा सम्म गैंरहकानुनी कार्बाही गर्ने ठेकेदारलाई कुनै कार्बाही भएको छैन् र उत्खनन् नरोकिएको हाम्रा संवाददाताले जनाएका छन् ।

images
प्रकाशित मिति :बैशाख २१, २०८० बिहिवार - ०९:२०:१४ बजे

सुर्य बराल

पत्रकार सुर्य बराल इच्छाकामना न्युजका लागि समसामयिक विषयमा लेखहरु समेत लेख्ने गर्नुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology