Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

नारायणगढमा घरबेटीको मनपरीतन्त्र, ब्यवसायीलाई बनाए सडकको बास !

नारायणगढमा घरबेटीको मनपरीतन्त्र, ब्यवसायीलाई बनाए सडकको बास !

घरभाडामा समेत मिटरब्याज असुली

सुर्य बराल

२०, बैशाख २०८०
नारायणगढमा घरबेटीको मनपरीतन्त्र, ब्यवसायीलाई बनाए सडकको बास !

चितवन । चितवनको मुख्य ब्यापारिक केन्द्र नारायणगढमा घरबेटीको मनपरीतन्त्र बढेको छ । घरबेटीहरुको मनपरीतन्त्रले ब्यवसायीहरु यतिसम्म पिडीत भएका छन् की उनीहरु आफ्नो लगानी सबै छाडी सडकको बास बस्नुपर्ने अवस्थामा पुगेका हुन् ।

images

कयौं ब्यवसायीहरुलाई चर्को भाडा लगाउने ब्यबसायीहरुले समयमा भाडा तिर्न नसक्दा भाडा बापतको रकममा समेत मिटरब्याजको हिसाबले भाडा असुल्ने गरेको खुल्नमा आएको छ । 

एकजना ब्यबसायीका अनुसार ‘कोरोना कहर, लकडाउन र आर्थिक मन्दीको कारण ब्यबसाय चौंपट भएकाले समयमा भाडा तिर्न नसक्दा लाखौंको लगानी गरेका ब्यबसायीहरुलाई घरबेटीहरुले बिलम्ब भएको समयको मिटरब्याजका हिसाबले ब्याज जोडी जबरजस्ती बढी भाडा असुल्ने, जबरजस्ती सटर खाली गराई तेश्रो पक्षलाई सटर बिक्रि गर्ने प्रवृत्ती बढेको गुनासो गरे ।

मन्दिको कारण ब्यबसायीले भाडा तिर्न नसकेको अवस्थालाई नजरअन्दाज गरी महङ्गो भाडा असुल्ने घरबेटीहरुले राज्यलाई तिर्नुपर्ने बहालकरमा भने ब्यापक छली गरिरहेको ति पिडीत ब्यबसायीले दुखेसो पोखे । उनले अगाडी थपे ‘त्यहि न्युन कर पनि हामी ब्यबसायीलाई तिराउछँन यो कहाँ सम्मको अत्याचार हो’  –उनले प्रश्न गरे । 

यसरी ब्यबसायीलाई सडकको बास बनाउने घरबेटीहरुमा भरतपुर ३ नारायणगढ कमलनगर चोकदेखि ५० मिटर भित्र मैंयादेबी मार्गमा रहेको माँ शान्ती स्टोर नामक फेन्सी रहेको घरका घरबेटी टिकाराम सुबेदीका छोरा राजीब सुबेदी पनि रहेको खुल्नमा आएको छ । सुबेदीले सो सटरमा बिगत ८ बर्षदेखि पसल गरी बस्ने अंगत प्रसाद गुप्तालाई बेहाल बनाएको पिडीतको आरोप छ । 

बैंकको ब्याज तिर्न नसकेर दिन दिनै दर्जनौं ब्यबसायीहरुले आत्महत्या गरी मर्नु परिरहेको यस्तो बिषम परिस्थीतीमा सुबेदीले भरतपुर महानगर ३ नं. वडा कार्यालयलाई समेत प्रयोग गरी सटर खाली गराई गुप्तालाई लखेटेको खुल्नमा आएको हो । मासिक ६० हजारका दरले भाडा तिरिरहेका गुप्तालाई ३ महिनाको भाडा नतिरेको आधारमै वडा कार्यालयका प्रतिनिधीलाई राखी सुबेदीले जर्बजस्ती सटर खाली गराएका हुन् ।  

यसैंबिच, भाडावालको बजारमा रुवाबासी तपाईहरु कता भन्दा नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनका संस्थापक अध्यक्ष एवं केन्द्रिय सल्लाहाकार संयोजक हेमराज पौंडेलले यस्तो बिषम अवस्थाको घरबेटीहरुले मनन गर्नुपर्ने भन्दैं भाडाको बिषयलाई लिएर जर्बजस्ती निकाल्न खोजेमा त्यस्को प्रतिकार गर्ने जानकारी दिए । पौंडेलले अन्यायमा परेका ब्यबसायीहरुलाई घरबहाल समितीमा निवेदन हाल्न पनि अनुरोध गरे । 

यता, घरबेटी पौंडेलको मोबाईलमा यस बिषयमा थप बुझ्न सम्पर्क गर्दा उनको नम्बरमा सम्पर्क हुन सकेन । 

 

images
प्रकाशित मिति :बैशाख २०, २०८० बुधवार - २१:२२:२३ बजे

सुर्य बराल

पत्रकार सुर्य बराल इच्छाकामना न्युजका लागि समसामयिक विषयमा लेखहरु समेत लेख्ने गर्नुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology