देवघाट । तनहुँको देवघाट गाउँपालिकामा दुना टपरी र ब्युटिसियन तालिमको शुभारम्भ भएको छ । सो तालिम गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत नयाँ सिर्जना तर्फबाट देवघाट गाउँपालिकाको आयोजना र एपेक्स म्यानेजमेन्ट तथा लुम्बिनी पोलिटेक्नक इन्स्टीच्युटको सहकार्यमा भएको हो ।
उक्त दुना टपरी तालिम यहीँ २६ गतेबाट दिने र ब्युटिसियन तालिम १७ गते भोलिबाट दिइने देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्तले बताए । सो तालिमको सुभारम्भ गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले देवघाट गाउँपालिकामा महिला उद्यमी उत्पादन गर्ने उद्वेश्यले ५ दिने दुना टपरी तालिम र १ महिने ब्युटिसियन तालिमको आयोजना गरिएको बताए ।

अध्यक्ष थापाले गाउँपालिकामा वार्षिक १०० जनाको दरले तालिम दिदैँ आएको बताउदैँ तालिम लिने तर त्यसको सदुपयोग नगरेको हुदाँ व्यवसायीक देवघाटका महिलाहरू व्यवसायीक नबनेको हुदाँ पालिकाले त्यसको विषयमा जनताको धेरै बचन सहनु परेको बताए । त्यस्तै गरि हिजोकोले तालिमलाई जस्तो गरेपनि अब यो तालिम लिइसकेपछि सबै व्यवसायीक बन्नुपर्छ बताए ।
देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले गाउँपालिकाले सम्मुन्नत देवघाट निर्माणका निम्ति धेरै तालिमको आयोजना गर्दै आएको बताए । उनले महिलालाई सक्षम र व्यवसायी बनाउनको लागि यो दुई तालिम आयोजना गरिएको जानकारी गराउदैँ वर्तमानमा ब्युटिसियनले महिला दिदिबहिनीले धेरै आफ्नो पुँजी खर्च गरेको अवस्था छ भने देवघाटमा धेरै आश्रमहरू भएको हुदाँ दुना टपरीको तालिमको पनि उत्तिकै आवश्यक रहेको बताए ।
त्यस्तै गरी उपाध्यक्ष गुरूङले दुना टपरीको तालिम प्रभावकारी बन्यो भने देवघाट गाउँपालिकाबाट पलास्टिक जन्य बस्तु हटाउने व्यवस्था गर्ने बताए । देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले ब्युटिसियन तालिम आजभोलि निकै फस्टाउदै आइरहेको छ भने र तालिम तालिम नै हो मिलेसम्म सम्पूर्ण दिदिबहिनीलाई सिकेर उद्यमी बन्न अनुरोध गरे ।
सो दुईवटा तालिम मध्यमा दुना टपरी तालिम कल्पना देवी न्यौपानेले र ब्युटिसियन तालिम देवी खड्का न्यौपानेले दिने भएका छन् । भने यि दुई प्रशिक्षक दुई देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र कै हुन् । त्यस्तै गरि ४५ दिने सिलाई कटाई तालिम,१५ दिने सवारी चालक तालिम वडा नम्बर ४ मा, १० दिने चुरा र पोते बनाउने तालिम वडा नम्बर २ मा र ५ दिने मौरीपालन तालिम, ७ दिने सरफ साबुन बनाउने तालिम ३ नम्बर वडामा लगातार हुने देवघाट गाउँपालिका उद्यम विकास सहजकर्ता तिर्थ प्रसाद लम्सालले बताए ।
तालिमको सुभारम्भ समारोहमा देवघाट गाउँपालिका प्रशासन शाखा प्रमुख गोविन्द पौडेल,वडा नम्बर ३ अध्यक्ष टेक बहादुर आले,वडा नम्बर २ अध्यक्ष मीन बहादुर राना, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुभद्रा भट्टराई, लेखापाल सन्जय शर्मा लगाएत उपस्थिति रहेका थिए । उक्त तालिम देवघाट गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ अध्यक्ष पुर्ण बहादुर कुँवरको अध्यक्षता सम्पन्न भएको थियोे ।