Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाट क्षेत्रका जेष्ठ नागरिकको स्वास्थ्य सेवा र स्याहारको बिषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया

देवघाट क्षेत्रका जेष्ठ नागरिकको स्वास्थ्य सेवा र स्याहारको बिषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया

इच्छाकामना न्युज

८, चैत्र २०७९
देवघाट क्षेत्रका जेष्ठ नागरिकको स्वास्थ्य सेवा र स्याहारको बिषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया

देवघाट । तनहुँको देवघाट क्षेत्रका जेष्ठ नागरिकहरुको स्वास्थ्य सेवा र स्याहारको बिषयमा सरोकारवालाहरुसँग वृहत् अन्तरक्रिया कार्यक्रम गरेका छ । देवघाट गाउँपालिकाको आयोजनामा देवघाट क्षेत्र बिकास समिति र गलेश्वर आश्रमको समन्वय तथा जेरेयाट्रिक सोसाइटी अफ नेपाल, रोटरी क्लब अफ चन्द्रगिरीको प्रविधि सहयोगमा आज देवघाट क्षेत्र बिकास समितिको सभा हलमा अन्तरक्रिया गरेको हो ।

images

कार्यक्रम देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले कार्यक्रम बोल्दै जेष्ठ नगरिकनहरुमा देखिने सुगर पेसर, मुटु रोग र हड्डी सम्बन्धि समस्याहरुलाई बेलैमा स्वास्थ्य परिक्षण गरि स्वास्थ्य जीवन बिताउन आग्रह समेत गर्नुभएको थियो। साथै अध्यक्ष थापाले देवघाट गाउँपालिकामा बसोबास गर्ने  जेष्ठ नागरिकहरु लाई लक्ष्यित गरेर आउने आर्थिक वर्षमा बजेत विनियोजन गर्ने समेत बताए।

337046917_907666737142781_8551422507596082793_n.jpg

साथै उक्त कार्यक्रम  देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले जेष्ठ नागरिकहरुलाई हेरचाह संगै  स्वास्थ्य सेवा र स्याहार, सम्मान र माया गर्नुपर्ने बताए।

337028527_226003113293847_1156106942089765374_n.jpg

कार्यक्रममा जेष्ठ नागरिक रोग विशेषज्ञ डा ।अन्तत अर्यालले  जेष्ठ नागरिकमा देखिने  विभिन्न समस्य  दिर्गरोग दम, पेसर, सुगर, मुटु रोग लगाएतको बिषयमा प्रशिक्षण दिदै स्वास्थ्य  कसरी रहने भन्ने बिषयमा प्रष्ट पार्नु भएको थियो।

336792133_742122390697616_7414131935556918678_n.jpg

कार्यक्रममा देवघाट गाउँपालिका प्रशासकीय अधिकृत रमेश सुवेदी,देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक सदन बराल, देवघाट गाउँपालिका प्रवक्ता एवं ५ अध्यक्ष पुर्ण बहादुर कुँवर,जेरियाट्रिक सोसाइटी अफ नेपाल अध्यक्ष डा।सुमन्त बन्झाडे, देवघाट स्वस्थ्य शाखा प्रमुख प्रदीप बुढाथोकी,सदस्य जेरियाट्रिक सोसाइटी अफ नेपाल तथा चितवन मेडिकल कलेज डाइरेक्टर डा।दयाराम लम्साल रोटरी क्लब अफ चन्द्रगिरीका सचीव जगतनारायण श्रेष्ठ,जेरियाट्रिक सोसाइटी अफ नेपालका कार्यकारी निर्देशक युवराज रोक्का लगाएत उपस्थित रहेको थियो।

images
प्रकाशित मिति :चैत्र ८, २०७९ बुधवार - २१:२७:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology