देवघाट । तनहुँको देवघाट गाउँपालिका भित्र पर्ने शालिग्राम करिडोरको निर्माण कार्य पुनः सुरू हुने भएको छ । देवघाटको दासढुङ्गा हुँदै देवपुर, साँढेबगर, कालिकाटार, कोटा, आपँटार, खाल्टे हुदैँ मुक्तिनाथसम्म जोड्ने शालिग्राम करिडोरको निर्माण कार्य पुनः सुरु हुने भएको हो । यस बर्ष ४२ करोडको टेण्डर हुने भएता पनि काम भने साढे १५ करोड लागतमा काम हुने भएको छ ।
यस वर्ष करिडोर जाने सुरुको बाटो देवघाट देउपुर देखि खहरेसम्म १० किलोमिटर बाटो नाला सहित ७ मिटर बाटो पिच हुने देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताए । अध्यक्ष थापाले हाल तत्कालै करिडोरको बाटोमा पर्ने रूखहरू पन्छाए लगत्तै टेन्डर आह्वान गरि काम सुचारू गर्ने समेत बताए ।
वडा नम्बर ४, ५ र १ को सिमाना भित्र पर्ने करिडोर बाटोको काम हुने भएको हुदाँ त्यस सिमाना भित्र पर्ने सम्पूर्ण सामुदायिक वनले छिटोभन्दा छिटो बाटोमा पर्ने रुखहरुलाई कानुनी प्रक्रिया पुर्याई हटाउन आग्रह गर्दै निर्माण कार्यमा सहयोग गर्न अनुरोध समेत गरेको अध्यक्ष थापाले बताए।