Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवन, तनहुँ र बारामा एकैदिन उपनिर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग

चितवन, तनहुँ र बारामा एकैदिन उपनिर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग

इच्छाकामना न्युज

५, चैत्र २०७९
चितवन, तनहुँ र बारामा एकैदिन उपनिर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाका रिक्त तीन स्थानमा बैशाख १० गते उपनिर्वाचन गर्ने तयारी गरेको छ ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन भएसँगै आयोगले रिक्त थप दुवै स्थानमा बैशाख १० गते नै उपनिर्वाचन गर्ने भएको हो ।

images

यसअघि आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको थियो । नेपाली कांग्रेसका रामचन्द्र पौडेल गत २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ क्षेत्र नम्बर १ जनप्रतिनिधिबिहीन भएको छ । यस्तै शुक्रबार उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएसँगै उनको निर्वाचन क्षेत्र बारा २ पनि रिक्त छ ।

आयोगले तनहुँ १, बारा २ र चितवन २ मा एकैदिन उपनिर्वाचन गराउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । आयोगले चालु आर्थिक वर्षसम्म कुनै पनि पद रिक्त भए अहिले भइरहेको मतदाता नामावली अद्यावधिकलाई नै मान्ने निर्णय गरिसकेको छ ।

त्यस्तै गत मंसिरमा भएको चुनावमा प्रयोग भएका सामग्री मौज्दात रहेकाले सामग्रीसमेत खरिद गर्नुनपर्ने आयोगले जनाएको छ । उपनिर्वाचनका लागि अब मतपत्र छपाइ र कर्मचारीबाहेक अन्य तयारी गर्नु नपर्ने भएकाले वैशाख १० गते चुनाव गराउन आयोग तयार भएको हो ।

images
प्रकाशित मिति :चैत्र ५, २०७९ आइतवार - ०९:०२:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology