Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

प्रतिनिधी सभा विघटन विरुद्ध नेपाली कांग्रेसले मुग्लिन र आँबुखैरेनी बजारको चोकमा माघ ३ गते शक्ति प्रदर्शन गर्ने

प्रतिनिधी सभा विघटन विरुद्ध नेपाली कांग्रेसले मुग्लिन र आँबुखैरेनी बजारको चोकमा माघ ३ गते शक्ति प्रदर्शन गर्ने

images
प्रतिनिधी सभा विघटन विरुद्ध नेपाली कांग्रेसले मुग्लिन र आँबुखैरेनी बजारको चोकमा माघ ३ गते शक्ति प्रदर्शन गर्ने
images

मुग्लिन, १ माघ । नेपाली कांग्रेसले प्रतिनिधी सभा विघटन विरुद्ध माघ ३ गते देशभरका स्थानीय तहमा प्रदर्शन गर्ने क्रममा चितवनको इच्छाकामना र तनहुँको आँबुखैरेनी गाउँपालिकामा पनि शक्ति प्रदर्शन गर्ने भएको छ। कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले गरेको प्रतिनिधी सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै माघ ३ गते शनिबार देशभरका स्थानीय तहमा प्रदर्शन गर्ने कार्यक्रम तयार पारेको थियो। सोहि बमोजिम चितवनको इच्छाकामना र तनहुँको आँबुखैरेनी गाउँपालिकामा पनि शक्ति प्रदर्शन गर्ने भएको हो। 
नेपाली कांग्रेस आँबुखैरेनीका सचिव विष्णु पन्थले दिएको जानकारी अनुसार आँबुखैरेनी बजार चोकमै नेपाली कांग्रेसले विरोध सभाको आयोजना गर्नेछ। उक्त सभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र तनहुँ जिल्ला सभापति बैकुण्ठ न्यौपानेले सम्बोन्धन गर्नेछ। 
यस्तै चितवनको इच्छाकामना गाउँपालिकामा भने मुग्लिन बजारको चोकमै शक्ति प्रदर्शन गर्ने तयारी भैरहेको नेपाली कांग्रेस इच्छाकामनाका सभापति कृति कुमार श्रेष्ठले इच्छाकामना न्युजलाई जानकारी दिनुभयो।

images
प्रकाशित मिति :माघ १, २०७७ बिहिवार - १९:४८:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology