Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

गोरखाको शहिद लखन गाउँपालिकाद्वारा महिला जनप्रतिनिधिहरुलाई क्षमता अभिवृद्वि तालिम प्रदान

गोरखाको शहिद लखन गाउँपालिकाद्वारा महिला जनप्रतिनिधिहरुलाई क्षमता अभिवृद्वि तालिम प्रदान

images
गोरखाको शहिद लखन गाउँपालिकाद्वारा महिला जनप्रतिनिधिहरुलाई क्षमता अभिवृद्वि तालिम प्रदान
images

घैरुङ, १ माघ । गोरखाको शहिद लखन गाउँपालिकाले गाउँपालिकाका महिला जनप्रतिनिधीहरुको क्षमता अभिवृद्वि गर्न ३ दिने तालिम प्रदान गरेको छ। गाउँपालिकाले महिला जनप्रतिनिधीहरुको क्षमता अभिवृद्वि गर्नका लागि पुस २७ गते देखि २९ गतेसम्म ३ दिन विभिन्न प्रशासनिक, प्राविधिक, न्यायिक लगायतका विषयमा तालिम प्रदान गरेको हो। 
तालिमको बुधबार समापन गरिएको गाउँपालिकाका सुचना अधिकारी पूर्ण बहादुर गहतराजले जानकारी दिनुभयो। उहाँका अनुसार तालिममा अधिवक्ता थानेश्वर दवाडीले स्थानीय सरकार सञ्चालन ऐन सम्बन्धि र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन बहादुर आले मगरले गाउँपालिकाको काम कर्तव्य समग्र प्रशासनिक कामहरु बारे तालिममा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो।
यस्तै उपभोक्ता समिती गठन, यसको कार्य प्रक्रिया बारे गाउँपालिकाका योजना शाखा प्रमुख सानुकाजी बस्नेतले, सामाजिक सुरक्षा तथा पंजिकरणबारे एमआईएस अपरेटर सोम आले र घर नक्सा प्रक्रियाका बारे इन्जिनियर विष्णु थापाले जानकारी गराउनुभएको थियो। 
तालिमको समापन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरको प्रमुख आतिथ्यता, गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे विशेष आतिथ्यता र गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीको अध्यतामा सम्पन्न भएको थियो। 

images
प्रकाशित मिति :माघ १, २०७७ बिहिवार - ११:२२:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology