Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नेकपा (एमाले) तनहुँको जिल्ला कमिटी स्तरीय प्रशिक्षण कार्यक्रम बन्दिपुरमा सुरु

नेकपा (एमाले) तनहुँको जिल्ला कमिटी स्तरीय प्रशिक्षण कार्यक्रम बन्दिपुरमा सुरु

images

इच्छाकामना न्युज

१६, फाल्गुण २०७९
नेकपा (एमाले) तनहुँको जिल्ला कमिटी स्तरीय प्रशिक्षण कार्यक्रम बन्दिपुरमा सुरु
images

तनहुँ । दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ, जवजको मार्गदर्शनमा समाजवादाके आधार निर्माण गरौ भन्ने मुल नाराका साथ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला कमिटी स्तरीय प्रशिक्षण कार्यक्रम वन्दिपुरमा शुरु भएको छ । नेपाल कम्युनिष्ठ पार्टी (एमाले) का जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको पार्टीको उपमहासचिव प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रशिक्षण कार्यक्रममा वोल्दै प्रमुख अतिथी ज्ञवालीले समाजमा पुँजीपति वर्गको समुल अन्त्य नभएको र समाजवाद उन्मुखको चरणमा रहेको वताए । अझै पनि देशमा परिवर्तनकामी शक्ति र परिवर्तन विरोधी शक्तिको विचमा शक्ति संघर्ष चलिरहेको हुदाँ त्यसलाई चिर्न न्यायप्रेमी जनता एकजुट हुनुपर्ने वताए । 

IMG_7771.JPG

देश नेकपा एमालेको निति तथा सिद्धान्तमा अगाडी वढ्दै गरेको समेत वहाँले वताए । परिवर्तनलाई रोक्नका लागी यथास्थितीवादी लागेता पनि त्यो सफल नहुने समेत वहाँले वताए । विश्व राजनिती नै माक्र्सवाद विचारधारावाट अगाडी वढेको हुदाँ त्यसको लिगेसी एमालेले मात्र वोकेको वताए । 

प्रशिक्षण कार्यक्रममा ज्ञवालीले महाधिवेशनवाट पारित सिद्धान्त, कार्यक्रम, कार्यदिशा र नीतिका वारेमा प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा हाम्रो सिद्धान्त–माक्र्सवाद–लेनिनवाद र जवज, जवजको कार्यक्रम, समाजवादको आधार निर्माणको कार्यदिशा, पार्टीको प्रमुख नितिहरु, नेपाली क्रान्तिको विशेषता, सीमा र आगामी वाटो सम्वन्धि प्रशिक्षण दिएका थिए । 

त्यसैगरि प्रमुख अतिथी ज्ञवालीले नेकपा एमालेका नेतृत्वमा स्थापित भएको उपलव्धी र लिगेसी, मुख्य अन्तरविरोध, श्रमजीवि र पुजीपति वर्ग, दलाल पुँजीपति सँगको अन्तरविरोको वारेमा धारणा राख्नुभएको थियो । 

आज र भोलि वन्दिपुरमा हुने प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रिय नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको पार्टी सचिव राजेश्वर ढकालले वताए । 

images
प्रकाशित मिति :फाल्गुण १६, २०७९ मंगलवार - २०:३७:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology