कुवेत । ‘रक्तदान जीवन दान’ भन्ने नारा सहित तमू समाज, कुवेतले सातौ पटक बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । समाजले दिएको जानकारी अनुसार आगामी अप्रिल २८ तारिख का दिन जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा रक्तदान कार्यक्रम आयोजना गरिने भएको हो। कुवेतको सेन्ट्रल ब्लड बैंकको बिशेष सहयोगमा उक्त कार्यक्रम गर्न लागिएको समाजले जानकारी दिएको छ।
निश्चित समय अवधिपछि मानिसको शरिरमा रहेको रक्त कोषहरु आफै मरेर जाने र रगत दान गर्दा कसैको जिबन बचाउन सकिने भएकोले रक्तदानलाई महादान भनिन्छ। जीवन यापनको दौडानमा हुनसक्ने सम्भावित दुर्घटना या जुनसुकै कारणवस शरीरमा रगतको कमी भई जिबन र मृत्युको दोसाँधमा अल्झिरहेका मनिसहरुको जीवन रक्षा गर्न मद्त पुग्ने भएकोले रक्तदानको धेरै महत्व छ।
यही वास्तविक सत्यलाई जनमानसमा अभिवृद्वी गर्दै तमू समाज, कुवेतले विगत २०१३ साल देखी नै कुवेतमा प्रत्येक वर्ष जसो सामुहिक खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्दै आई रहेको छ। समाजका अनुसार यो सातौ बृहत रक्तदान कार्यक्रम हो। यस बिच रगत आवश्यक भै उपचारमा कठिनाई भोगी रहेका अनेकौ बिरामीहरुलाई तमू समाजको पहलमा रगत उप्लब्ध गराउने गरिएको छ।
यसपटक पनि कुवेतको जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकसँग समन्वय गरी आगामी अप्रिल २८ गते शुक्रबार ‘सातौ बृहत रक्तदान कार्यक्रम २०२३’ तय गरिएको आयोजक तमू (गुरुङ) समाज, कुवेतले जनाएको छ। साथै यस मानवीय पुण्य कार्यमा स्वतःस्फुर्त रुपमा सहभागी भै रक्तदान गरिदिनुहुन रक्तदाताहरुलाई अपिल गरेको छ।