देवघाट । झोलुङ्गे पुल निर्माण कार्य तत्काल सुचारु गर्न भुवनटार भतेरी पुल निर्माण सहजीकरण उपभोक्ता समितिले देवघाट गाउँपालिकालाई अनुरोध गरेको छ । गण्डकी प्रदेश तनहुँ जिल्ला देवघाट गाउँपालिका वडा न ५ भुवनटार र बाग्मती प्रदेश चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर २९ भतेरी काली खोला बीच पर्ने त्रिशूली नदीमा राख्ने भनिएको झोलुङ्गे पुलको निर्माण कार्य तत्काल सुचारु गर्न अनुरोध गरिएको छ।
सहजीकरण समितिले अध्यक्ष मगरलाई पुल निर्माण कार्य छिटोभन्दा छिटो सुचारु गर्न लिखितम रूपमा संस्था अध्यक्ष सीता आलेको दस्तखत सहित निवेदन पेश गरिएको छ । सो निवेदन पालिकाका अध्यक्ष तिल बहादुर थापा,उपाध्यक्ष भुवन सिं गुरूङ,लेखा शाखा प्रमुख उमानाथ ढकाल लगाएत लाई सामुहिक रूपमा सहजीकरण समितिका अध्यक्ष सीता आले र नेकपा एमाले देवघाट गाउँ कमिटीका अध्यक्ष केशव चन्द्र न्यौपाने पत्र बुझाइएको छ ।
नेपाल सरकार शहरी बिकास मन्त्रालय सस्पेसन डीभीजन कार्यालय पुलचोक ललितपुरबाट नापि,डीजाईन लगाएत सबै कार्य गरी टेन्डर आहवन भई २०७८चैत १५ गतेका दिन देवघाट गाउँपालिकाका पुर्व अध्यक्ष दुर्ग बहादुर थापा र भ।न।पा महानागरपालिका २९ का वडा अध्यक्ष मन बहादुर मगरले संयुक्त रूपमा शिलान्यास समेत गरी सकेको छ ।
उक्त झोलुङगे पुल हाल सम्म नबनेको हुदाँ पुल निर्माण पक्ष ठेकेदार लोक बहादुर बस्नेत संग बुझ्दा उल्टै अब त्यस स्थानमा पुल बन्दैन भन्ने जवाफ आएपछि तत्काल पुल निर्माण सहजीकरण उपभोक्ता समितिको बैठक बसि पुल निर्माण कार्य छिटो भन्दा छिटो संचालन गर्नुका साथै उक्त ठाउँमा नै पुल निर्माण कार्य सम्पन्न गराउन पहल गर्न देवघाट गाउँपालिकालाई अपिल गरेका छन् । साथै पछाडि परेका सम्पूर्ण भूवनटार बासिन्दाहरू लाई यातायातको पहुँच पुर्याइ न्याय दिलाइदिन हुन समेत हार्दिक अनुरोध गरेको निवेदनमा उल्लेख छ ।
सहजीकरण समितिले लामो समय सम्म पनि पुल निर्माण कार्य हुन नसक्नुको कारण के हो रु यस विषयमा सत्यतथ्य कुरा बाहिर ल्याइ शिलान्यास भएको स्थानमा नै छिटोभन्दा छिटो पुल निर्माण कार्य प्रारम्भ गराउन देवघाट गाउँपालिका,भरतपुर महानगरपालिका र चितवन संघिय निर्वाचन क्षेत्र नम्बर २ का माननीय, तनहुँ १ संघिय निर्वाचन क्षेत्र नम्बर १ का माननीय शहरी विकास मन्त्रालय एवं शहरी विकास माननीय मन्त्री, स्पेसन डिभिजन विभागलाई अनुरोध गर्ने गरि निर्णय समेत पालिकामा पेश गरेको संस्थाका सदस्यले जानकारी दिए ।