उपप्रधनमन्त्री, भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख सामावेशी लोकतन्त्रको जन्मदाता जनयुद्ध रहेको बताएका छन् । गोरखाको गण्डकी गाउँपालिकामा आयोजित जनयुद्ध दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले जनयुद्धले तयार गरेको जगमा जनयुद्ध र जनआन्दोलनलाई समायोजन गरेर अहिलेको परिवर्तन सम्भव भएको बताएका हुन् ।
‘अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख सामावेशी लोकतन्त्रको जन्म गराउने मुख्य आधार जनयुद्धले तयार गरिदियो, जनयुद्धले मात्र सम्भव नभएपछि जनयुद्ध र जनआन्दोलनलाई समायोजन गरेर शान्ति प्रक्रियामार्फत अघि बढेर हामीले यी ऐतिहासिक उपलब्धी घोषित ग¥यौँ’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘त्यसलाई संस्थागत गर्ने काम संविधन सभाबाट बनाइएको नयाँ संविधानबाट ग¥यौँ र अहिले त्यही संविधान कार्यान्वयनमा छ ।’ यसकै ऐतिहासिक महत्वलाई ध्यान दिँदै सरकारले सार्वजनिक विदा दिएको मन्त्री श्रेष्ठले तर्क गरे ।
‘यसको ऐतिहासिक महत्वलाई ध्यान दिदैँ संघीय सरकारले आजको दिनमा सार्वजनिक विदा दिने घोषणा गरेको हो, यो कुनै पार्टीको योगदानलाई कदर गर्ने कुरा गरेको होइन’, उनले भने, ‘त्यसलाई त्यसरी सीमित गर्न खोजिनुहुदैँन । सहिद, बेपत्ता, घाइते तथा विभिन्न प्रकारले पीडित बनेकाहरुलाई र यो परिवर्तनको प्रक्रियालाई यहाँसम्म ल्याई पु¥याउन भूमिका खेल्ने राजनीतिक परिवर्तनलाई सम्मान गर्न खोजिएको हो ।’
जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णयले शान्ति प्रक्रियामा अघि बढ्न सबै पक्षलाई सकारात्मक सन्देश दिने उनको भनाइ छ । ‘यसले सामाजिक न्यायसहितको समृद्धि हासिल गर्दै नेपालाई विकसित र समृद्ध देश बनाउन र शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न एकीकृत भएर सहकार्य र सहमतिबाट अघि बढ्न प्रेरणा दिन्छ’, उनले भने ।
उपप्रधामन्त्री श्रेष्ठले गोरखाको विकासका लागि आफु प्रतिवद्ध रहेको बताएका छन् । उनले पप्पु कन्स्ट्रक्सनले अलपत्र पारेर छाडेको बुटार जोड्ने पुलको अब चाडैँ टेण्डर आव्हान गर्ने प्रतिवद्धता जनाए । साथै बुढीगण्डकी जलविद्युत आयोजनाको काम चाडैँ थालनी गरिने पनि बताए ।
जनयुद्ध दिवसको अवसरमा गण्डकी गाउँपालिकाले सहिद ,बेपत्ता द्धन्द्ध पीडित, संघसंस्थालाई जग्गा दान गर्ने व्यक्तित्वहरु, पूर्व जनप्रतिनिधि, गतबर्ष एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने एक, एक जना छात्र र छात्रा तथा विषयगत शिक्षक, गतबर्ष गाउँपालिकाबाट लिएको आधरभूत तह (कक्षा १–८)मा उत्कृष्ट नतिजा ल्याउने एक–एक जना छात्र–छात्रा, उत्कृष्ट नतिजा ल्याउने एक विद्यालय तथा विषयगत शिक्षक र तेश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका विजेता विद्यालय तथा विद्यार्थीहरुलाई सम्मान गरेका थिए ।
साथै सो अवसरमा संघीय लोकतान्त्रितक गणतन्त्रात्मक राज्य स्थापनाका लागि जनयुद्ध र जनआन्दोलनको भूमिका विषयमा अन्तर मावि स्तरीय कविता प्रतियोगिता र विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेका थिए ।
गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।