Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सौराहा प्रेमिल जोडीका लागि उत्कृष्ट गन्तव्य

सौराहा प्रेमिल जोडीका लागि उत्कृष्ट गन्तव्य

इच्छाकामना न्युज

१, फाल्गुण २०७९
सौराहा प्रेमिल जोडीका लागि उत्कृष्ट गन्तव्य

चितवन । नेपालमा पनि हरेक वर्ष १४ फेब्रअरीलाई प्रणय दिवसको रूपमा मनाउने चलन आएको थुप्रै वर्ष भइसक्यो। परिवार, साथीभाइ तथा आफन्त, इष्टमित्रलाई उपहार प्रदान गर्ने प्रेमिल जोडीले प्रेमभाव दर्शाउनेलगायतका गतिविधि यस दिन अलि बढी देखिन्छ। 

images

विशेष गरी युवापुस्तामाझ लोकप्रिय दिवस हो प्रणय दिवस। प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको सम्झनामा यो दिवस मनाउन थालिएको हुँदा यसलाई भ्यालेन्टाइन डेसमेत भन्ने गरिन्छ। अहिले प्रणय दिवस विश्वभर चर्चित छ। 

नेपालमा पश्चिमा संस्कृतिले प्रभाव पारेदेखि भ्यालेन्टाइन डेले पनि प्रभाव जमाइरहेको छ। यसका लागि चितवनको हकमा सौराहा नै मुख्य गन्तव्य बन्ने गरेको छ। विदेशी पर्यटकको आगमन हुने ठाउँ भएकोले पनि यस क्षेत्रमा भ्यालेन्टाइन डे मनाउन नेपाली जोडीसमेत पुग्ने गरेका छन्। 

विवाहित तथा अविवाहित जोडी यही दिनको अवसर पारेर सौराहा घुम्न आउने गरेका छन्। त्यसैले पछिल्ला केही वर्षयता सौराहाका पर्यटन व्यवसायीले पनि सौराहालाई प्रणय दिवसमय बनाउने प्रयास गर्दै आएका छन्। रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाका पूर्वअध्यक्ष राजन भट्टका अनुसार सौरेली पर्यटन व्यवसायीले पनि सौराहालाई प्रणय दिवस मनाउने उपयुक्त थलो बनाउने प्रयास गरिरहेका छन्। 
त्यसैका लागि यसपटक रेवान सौराहाले आइतबारदेखि सडकमै खाने, रमाउने वातवारण मिलाएका छन्। अहिले सौराहाको सडक पुरै झिलिमिली बनाएको छ। त्यही झिलिमिलीको बीचमा हराउँछन्, प्रेमिल युगल। हात्तीचोकदेखि गैँडाचोकसम्म डालोमा बत्ती बालेर झिलिमिली बनाइएको छ। यतिखेर सौराहा घुम्न आउने प्रेमिल जोडीलाई हात्ती तथा जिप सफारीमा घुमाउने वातवारणसमेत मिलाइएको छ। 

आइतबारदेखि भइरहेको फुड फेष्टिवलका संयोजक ध्रुव गिरीका अनुसार सौराहा हरेक हिसाबले सुरक्षित ठाउँ भएकोले पनि स्वदेशी तथा विदेशी प्रेमिल जोडीको लागि सौराहा उपयुक्त गन्तव्य बनेको छ। चितवन राष्ट्रिय निकुञ्ज घुम्ने बहाना बनाएर पनि सौराहामा प्रेम दिवस मनाउन आउने गरेका छन्। 

यसैलाई हरेक वर्ष स्तरोन्नति गर्दै लैजाने योजनासहित विगतका वर्षमाभन्दा यस वर्ष विशेष बनाइएको संयोजक गिरीले बताए। ‘यसले सौराहामा पर्यटक भित्र्याउनमा सहयोग पुग्छ,’ उनले भने, ‘त्यसैले यसलाई सकभर अझ राम्रो र सुन्दर बनाउने पक्षमा हामी जुटिरहेका छौँ। यसवर्षभन्दा आगामी वर्ष अझ व्यवस्थित गरिने छ।’

images
प्रकाशित मिति :फाल्गुण १, २०७९ सोमवार - २२:२८:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology