Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सामाजिक सुरक्षा भत्ताको विषयमा बैंक तथा वित्तीय संस्थाहरुसँग अन्तर्क्रिया

सामाजिक सुरक्षा भत्ताको विषयमा बैंक तथा वित्तीय संस्थाहरुसँग अन्तर्क्रिया

इच्छाकामना न्युज

२६, माघ २०७९
सामाजिक सुरक्षा भत्ताको विषयमा बैंक तथा वित्तीय संस्थाहरुसँग अन्तर्क्रिया
चितवन । रत्ननगर नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण उपशाखाको आयोजनामा ‘सामाजिक सुरक्षा तथा सामाजिक उत्तरदायित्वसम्बन्धी बैंक तथा वित्तीय संस्थाहरुसँग अन्तर्क्रिया’ सम्पन्न भएको छ। 
 
रत्ननगर नगरपालिका सामाजिक विकास समितिका संयोजक एवं रत्ननगर–५ का वडाध्यक्ष बालकृष्ण चापागाईंको अध्यक्षतामा भएको अन्तर्क्रियामा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत ज्येष्ठ नागरिकलाई दिनुपर्ने सेवा-सुविधामा कन्जुस्याईं नगर्न, नाता सम्बन्ध कायम गर्नुपर्ने विषय र सम्बन्धित व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता दिन ढिलाइ नगर्न सुझाव दिए। उनले बैंक तथा वित्तीय संस्थाले सुधार गर्नुपर्ने विषयमा ध्यान दिनसमेत आग्रह गरे। 
 
कार्यक्रममा रत्ननगर नगरपालिकाका १६वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरु, सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु एवं कर्मचारीहरुको सहभागिता रहेको थियो। 
 
कार्यक्रममा सेवाग्राही ज्येष्ठ नागरिकको मृत्युपश्चात् वडाको सिफारिसमा लगतकट्टा गरी हकवालालाई भुक्तानी दिनुपर्ने, लाभग्राहीको अनिवार्य डमी खाता खोलिनुपर्ने, ९० वर्ष कटेका ज्येष्ठ नागरिकलाई घरदैलो तथा घुम्ती शिविरबाट पनि सामाजिक सुरक्षा भत्ता वितरण गरिनुपर्ने, ज्येष्ठ नागरिकलाई सहयोग पुग्नेगरी वडाध्यक्ष, सचिव र पञ्जिकरणबीच समन्वय हुनुपर्नेलगायतका विषयमा अन्तर्क्रिया गरिएको थियो। 
 
कार्यक्रममा ज्येष्ठ नागरिकलाई लाइनमा उभिने समस्या हटाउन र अशक्त र अपाङ्गता भएकाको हकमा घरदैलोमा पुगेर सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई सुझाव दिइएको थियो। 
कार्यक्रमको सहजीकरण रत्ननगर नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण उपशाखाका प्रमुख रामप्रसाद बस्ताकोटीले गरेका थिए।
 
कार्यक्रममा नगरप्रवक्ता कुलप्रसाद सापकोटा, प्रेस संयोजक केशव भट्टराईलगायतको सहभागिता रहेको थियो।  

images
प्रकाशित मिति :माघ २६, २०७९ बिहिवार - २२:२०:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology