Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

रत्ननगरको विधायन समितिलाई निर्देशन 

रत्ननगरको विधायन समितिलाई निर्देशन 

images

इच्छाकामना न्युज

१६, माघ २०७९
रत्ननगरको विधायन समितिलाई निर्देशन 
images

चितवन । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले स्थानीय सरकारको कानुन निर्माण गर्न संविधानले तोकेबमोजिम मस्यौदा तयार गर्न विधायन समितिलाई निर्देशन दिएका छन्। 

उनले संघ र प्रदेशको कानुन नबाझिने गरी नगरवासीलाई अधिकार दिलाउन नगर प्रोफाइलका आधारमा प्रवर्द्धनात्मक कानुन बनाउन विभिन्न समितिलाई निर्देशन दिए। उनले स्थानीय सरकारले २२ वटा एकल अधिकारका लागि कानुन बनाउन सकिने बताए। 

प्रमुख प्रशासकीय अधिकृत सुवेदीले कानुनको मस्यौदाको नेतृत्व लिने समिति नै विधायन समिति रहेकाले स्थानीय सरकार ऐनलगायतका कानुन र संविधानका प्रावधानहरु अध्ययन गरी विज्ञता हासिल गर्न पनि विधान समितिलाई सुझाव दिए। 

स्थानीय सरकारले बनाउने कानुन पनि दिगो विकास लक्ष्यसँग सम्बन्धित रहेको र स्थानीय प्रतिबद्धतालाई पूरा गर्नका लागि विधायन समितिले सामाजिक समानता, मानवअधिकार, कमजोर वर्गको उत्थानलाई ध्यानमा राखेर नगरवासीले अधिकार प्रयोग गर्न र विकास उपयोग गर्न विषय विज्ञसँग छलफल गरी कानुन बनाउन सुझाव दिए। 

विधायन समितिका अध्यक्ष किरण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका आर्थिक समिति संयोजक सोहेन्द्रराज खरेल, शिक्षा समिति संयोजक बालकृष्ण चापागाईं, पशुविकास शाखा अधिकृत राजेन्द्र बराल, न्यायिक समिति सदस्य देवेन्द्र भुजेल, विभिन्न शाखाका प्रमुख एवं कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण न्यायिक समितिका सदस्य सचिव प्रियंका थापा र नगर सहजकर्ता अमृता चापागाईंले गरेका थिए। 

images
प्रकाशित मिति :माघ १६, २०७९ सोमवार - २१:२८:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology