Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

कर्मचारी कुटपिट पछि बन्द भएको देवघाट गाउँपालिकाको लेखा शाखा सुचारु 

कर्मचारी कुटपिट पछि बन्द भएको देवघाट गाउँपालिकाको लेखा शाखा सुचारु 

करिश्मा गुरुङ

१०, माघ २०७९
कर्मचारी कुटपिट पछि बन्द भएको देवघाट गाउँपालिकाको लेखा शाखा सुचारु 

देवघाट । देवघाट गाउँपालिकाको लेखा शाखा सुचारु मंगलबारबाट सुचारू भएको छ । गत पुस ११ गते देवघाट गाउँपालिकाको लेखा शाखाका अधिकृत उमानाथ ढकाल र लेखापाल संजय शर्मा माथि वडा नम्बर ३ का जनताहरूले गरेको अभद्र व्यवहार र हातपातका कारण अवरुद्द भएको लेखा शाखा आजबाट पुनः संचालनमा आएको हो ।

images

उक्त घटना पश्चात् सेवा बन्द हुन पुगेको लेखा शाखा पिडक पक्षहरु जिल्ला प्रहरी कार्यलय तनहुँमा आत्मसमर्पण पश्चात् तनहुँ जिल्ला प्रशासनको समन्वयमा देवघाट गाउँपालिकाका जनप्रतिनिधिहरुले गाउँपालिकाका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको शान्ति सुरक्षाको प्रत्याभुति प्रदान गर्ने लिखित प्रतिबद्दता पश्चात् सो शाखामा कार्यरत लेखा कर्मचारीहरु शाखा सुचारु गर्न सहमत भएको देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताए । आज मंगलबार दखि लेखा शाखामा नियमित काम संचालन भएको अध्यक्ष थापाले बताए ।

images
प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - २२:०६:०२ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology