Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

गण्डकी विशेष

बिरामीको लागि आफै सिरक डसना ओसार्दै गण्डकीका वडाध्यक्ष तोपमान गुरुङ

बिरामीको लागि आफै सिरक डसना ओसार्दै गण्डकीका वडाध्यक्ष तोपमान गुरुङ

images
बिरामीको लागि आफै सिरक  डसना ओसार्दै गण्डकीका वडाध्यक्ष तोपमान गुरुङ
images

मकैसिङ । दिनरात नभनी अहोरात्र रुपमा जनताको सेवामा खटिरहन्छन् गोरखाको गण्डकी गाउँपालिका १ मा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष तोपमान गुरुङ ।  शुक्रबार पनि उनी गाउँपालिकाको आयोजनामा मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा संचालित दुई दिने आँखा शिविर कार्यक्रमलाई सहजीकरण गरिरहेका थिए । 

यसै क्रममा शिविरमा उपचारका लागि आएका अप्रेसन भएका बिरामीहरुको लागि ओढ्ने ओछ्यानेको व्यवस्थापन गर्न लागिपरे । सोही अनुरुप स्थानीयहरुसँग बिरामीहरुको लागि शिरक डसना व्यवस्थापन गर्दै गर्दा कसैले उनको फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरिदिए । जुन कामको यतिबेला समाजिक सञ्जालमा चर्चा हुन थालेको छ । 

326425676_1177812916188534_9171760896223256649_n.jpg

यो विषयमा वडाध्यक्ष गुरुङसँग प्रतिक्रिया लिदाँ आफु जनताले सेवाको लागि नै निर्वाचित गरेकोले त्यही काम गरेको बताए । ‘म सधैं जनतालाई कसरी सहज सेवा दिन सकिन्छ भन्नेमै लागिरहेको छु’ –उनले भने ।

गण्डकी गाउँपालिका र लायन्स क्लव अफ गोरखाको संयुक्त आयोजनामा शुक्रबारदेखि मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई दिने आँखा शिविर संचालन भएको हो ।

images
प्रकाशित मिति :माघ ७, २०७९ शनिवार - ०९:५७:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology