Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भूउपयोग वर्गीकरण कार्यविधिसम्बन्धी सर्वदलीय अन्तर्क्रिया 

भूउपयोग वर्गीकरण कार्यविधिसम्बन्धी सर्वदलीय अन्तर्क्रिया 

भूउपयोग वर्गीकरण कार्यविधिसम्बन्धी सर्वदलीय अन्तर्क्रिया 

चितवन । रत्ननगर नगरपालिका योजना शाखाको आयोजनामा भूउपयोग नक्साङ्कन तथा भूउपयोग वर्गीकरण कार्यविधि–२०७९ सम्बन्धी सर्वदलीय अन्तर्क्रिया सम्पन्न भएको छ। रत्ननगर नगरपालिकाका १६ वटै वडामा जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुगेको छ। नगरपालिकाले तयार पारेको भूउपयोग नक्साङ्कन तथा भूउपयोग वर्गीकरण कार्यविधि कार्यान्वयनका लागि सर्वदलीय छलफल गरिएको हो। 

images

अन्तर्क्रियामा नेपाली कांग्रेस नगरसमिति सचिव अनिता अर्याल, नेकपा (एमाले)का नगरअध्यक्ष ईश्वरीप्रसाद अर्याल, नेकपा (माओवादी केन्द्र)का नगरअध्यक्ष श्यामप्रसाद बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगरअध्यक्ष रामनाथ भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगरअध्यक्ष गोविन्दप्रसाद अधिकारी, नेकपा (एकीकृत समाजवादी)का नगरसचिव आइआर अधिकारीलगायतले नगरभित्र रहेका सडकको मापदण्ड र जग्गा बिक्री गर्दा लिइने करका सम्बन्धमा सुझाव दिएका थिए। 

राजनीतिक दलहरुका प्रतिनिधिले दिएका सुझावबारे रत्ननगर नगरपालिकाका योजना प्रमुख ई.प्रकाशचन्द्र ढुङ्गाना र रत्ननगर नगरपालिका जग्गा भूव्यवस्थापन समितिका सदस्यसचिव एवं नगर उपप्रमुख यादवप्रसाद पाठकले जवाफ दिएका थिए। अन्तर्क्रिया कार्यक्रम नगरप्रमुख प्रल्हाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो। 

images
प्रकाशित मिति :माघ ५, २०७९ बिहिवार - २०:३०:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology