आँबुखैरेनी, २५ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनको असर स्थानीय तहमा पनि देखिन सुरु भएको छ। पछिल्लो समय यो असर तनहुँको आँबुखैरेनी गाउँपालिकामा पनि देखिएको छ।
नेकपा विभाजन पछि आज पहिलो पटक ओली पक्षको नेकपाले आँबुखैरेनीमा अगुवा कार्यकर्ता भेला प्रशिक्षण कार्यक्रमको आयोजना गर्दैछ। आफ्ना पक्षका कार्यकर्तालाई देशको पछिल्लो राजनैतिक घटनाक्रमको विषयमा प्रशिक्षित गराउन र आफ्नो पक्षमा माहोल बनाउन ओली पक्षले कार्यक्रमको आयोजना गरेको हो।
भेलालाई सम्बोन्धन गर्न ओलीलाई दह्रो साथ दिएका तनहँु क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य कृष्ण कुमार श्रेष्ठ ‘किसान’ र गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ आउने भएका छन्।