Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

किन असन्तुष्ट भए नारायणकाजी ? यस्तो छ कारण

किन असन्तुष्ट भए नारायणकाजी ? यस्तो छ कारण

इच्छाकामना न्युज

१७, पौष २०७९
किन असन्तुष्ट भए नारायणकाजी ? यस्तो छ कारण

काठमाडौ। उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ असन्तुष्टि जनाउदै पदबाहालीको दिनपछि मन्त्रालय गएका छैनन् । न त प्रधानमन्त्री प्रचण्डलाई नै भेटेका छन् । उनले न त भने रोजेको मन्त्रालय पाए न त पदीय वरीयता नै ।त्यसैले श्रेष्ठ असन्तुष्ट बनेको श्रोत बताउँछ ।

images

पदीय बरियता नमिलेको भन्दै मन्त्रालय जानै छाडेका श्रेष्ठ सोमबार शपथ लिएर पदभार ग्रहण गरेपछि फर्किएर मन्त्रालय गएका छैनन् । उनी सरकारी निवासमा समेत सरेका छैनन् । कसैले यसबारेमा सोधेमा उनले बिरामी भएकै कारण मन्त्रालय नगएको जवाफ दिन्छन् ।

उनी निकट एक माओवादी नेताका अनुसार खासमा वरीयता नमिलेर मन्त्रालय नगएको बताउँछन् । उनले भने, न त बरियता ख्याल गरियो न रुचि अनुसार मन्त्रालय नै, त्यसकारण उहाँ असन्तुष्ट हुनुहुन्छ तर बाहिर ब्यक्त गर्नुहुन्न ।

आफूभन्दा माथिल्लो वरीयतामा एमाले उपाध्यक्ष विष्णु पौडेललाई राखेको भन्दै श्रेष्ठले असन्तुष्टि जनाएको स्रोतले जनाएको छ । श्रेष्ठले आफू १२ वर्षअघि नै उपप्रधान तथा परराष्ट्रमन्त्री भए पनि पौडेललाई अहिले प्रधानमन्त्रीपछि दोस्रो वरीयतामा राखेको भन्दै श्रेष्ठले पार्टीका नेता कार्यकर्तासँग असन्तुष्टि जनाउने गरेका छन् ।

‘नेकपा हुँदा पनि पौडेल नवौं र श्रेष्ठ छैटौं वरीयतामा थिए । अहिले पौडेललाई प्रधानमन्त्रीभन्दा पछिल्लो वरीयताको उपप्रधानमन्त्री दिएपछि उहाँले असन्तुष्टि जनाउनु स्वाभाविक नै लाग्यो,’ माओवादीका ती नेताले भन्छन्  ।

images
प्रकाशित मिति :पौष १७, २०७९ आइतवार - १७:४८:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology