Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

गण्डकी विशेष

गोरखा घ्याल्चोकको सिउरेनीटारमा त्रिशक्ति सावुन उद्योग सञ्चालनमा, गापा अध्यक्ष दिपक तिमल्सिनाद्वारा उद्घाटन

गोरखा घ्याल्चोकको सिउरेनीटारमा त्रिशक्ति सावुन उद्योग सञ्चालनमा, गापा अध्यक्ष दिपक तिमल्सिनाद्वारा उद्घाटन

images
गोरखा घ्याल्चोकको सिउरेनीटारमा त्रिशक्ति सावुन उद्योग सञ्चालनमा, गापा अध्यक्ष दिपक तिमल्सिनाद्वारा उद्घाटन
images

सिउरेनीटार । गोरखाको गण्डकी गाउँपालिका वडा नं ८ सिउरेनीटारमा लुगा धुने साबुनको उत्पादन सुरु भएको छ । त्रिशक्ति साबुन उद्योगद्वारा ‘दुर्गा’ नामको साबुन उत्पादन सुरु भएको हो । विहिबार एक कार्यक्रम गरी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिनाले त्रिशक्ति साबुन उद्योगको उद्घाटन गरेका हुन् ।

उद्योगको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले आयआर्जन र आर्थिक विकासका विकासमा उद्योगले धेरै ठूलो सहयोग पुग्ने बताए । उद्योगमा उत्पादन भएका साबुन गण्डकी प्रदेशमा मात्र नभई अन्य प्रदेशमा पनि ग्राहक विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

त्यस्तै, उत्पादनलाई व्यवसायिकतातर्फ जोड्न सकेमा मात्र उद्योगी, व्यवासयी र गाउँपालिकाले विकास र समृद्धिको लक्ष्य हासिल गर्न सक्ने अध्यक्ष तिमल्सिनाले बताए । गरिबी निवारणको लागि लघु उद्यम कार्यक्रम ‘मेडपा’ अन्तरगत त्रिशक्ति लघु उद्यमी समुहले साबुन उद्योग संचालनमा ल्याएको हो ।

त्रिशक्ति कम्पनीले हाल निलो र कालो गरी दुई प्रकारको लुगा धुने साबुन उत्पादन सुरु गरेको छ । अहिले उत्पादन गरी स्टक गरेर राखिएको र अब बजार व्यवस्थापनमा ध्यान दिने बताइएको छ ।

कम्पनीले हाल मेसिन, सवारी साधन सबै गरी करिब ६० लाखभन्दा बढी लगानी गरेको कम्पनीका प्रोपाइटर शम्भु भुजेलले बताए । ‘अहिले कपडा धुने दुई प्रकार साबुन मात्र उत्पादन थालेका छौँ । अब उत्पादित साबुनलाई बजार व्यवस्थापनमा जोड दिन्छौ,’ उनले भने ।

images
प्रकाशित मिति :पौष ८, २०७९ शुक्रवार - ०९:२४:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology