Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाट विशेष

तनहुँ देवघाटमा बालविवाह गर्ने क्रम बढ्दै 

तनहुँ देवघाटमा बालविवाह गर्ने क्रम बढ्दै 

इच्छाकामना न्युज

२६, मंसिर २०७९
तनहुँ  देवघाटमा बालविवाह गर्ने क्रम बढ्दै 

सुवास लामिछाने, तनहुँ । तनहुँको देवघाटमा राजिखुसीले नै बालविवाह गर्ने क्रम बढेको पाइएको छ । नेपालको कानुनले २० वर्षभन्दा कम उमेरमा हुने विवाहलाई गैह्र कानुनी मानेको छ ।

images

त्यसअघि गरिने विवाह स्वतः बदर हुने र विवाहमा संलग्नलाई समेत कारवाही हुने व्यवस्था रहेपनि कार्यान्वयनमा समस्या देखिएको छ । देवघाटमा पछिल्लो पटक बालबालिकाले कक्षा ८, ९ र १० मा पढ्दै गर्दा स्वेच्छिक रुपमा भागी विवाह गर्ने चलन बढेको हो ।

स्वेच्छिक विवाह भएपनि उमेर नपुग्दा उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर समस्या देखिन सक्ने विज्ञहरू बताउँछन् । बालविवाह र त्यसबाट हुनसक्ने विकराल अवस्था न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्ने देवघाट गाँउपालिका शिक्षा शाखा अधिकृत होमनाथ लामिछानेले बताउनुभयो ।

साथै वैवाहिक जीवन दिगो नहुने, परिपक्व नभइ सन्तान जन्माउँदा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरू देखिने, पारिवारिक हिंसा बढ्ने लगायत समस्या आउन सक्ने भएकाले यस तर्फ उनीहरूलाई सचेत गराउनु आवश्यक देखिएको छ । 

images
प्रकाशित मिति :मंसिर २६, २०७९ सोमवार - १०:२५:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology