Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

प्रधानमन्त्री बन्न ‘गोप्य’ भेटवार्ता तीव्र पार्दै प्रचण्ड

प्रधानमन्त्री बन्न ‘गोप्य’ भेटवार्ता तीव्र पार्दै प्रचण्ड

इच्छाकामना न्युज

२०, मंसिर २०७९
प्रधानमन्त्री बन्न ‘गोप्य’ भेटवार्ता तीव्र पार्दै प्रचण्ड

काठमाडौं । आमनिर्वाचन मतपरिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेस“गै नया“ सरकार गठनका लागि प्रमुख दलका शीर्षनेता आन्तरिक गृहकार्य तीव्र रूपमा जुटेका छन् ।आगामी सरकारको नेतृत्व (प्रधानमन्त्री) बन्ने दौडमा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवाद केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोप्य भेटघाट तीव्रता पारेका छन् । ललितपुर खुमलटारस्थित निवासमा सोमबार प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (एमाले) सचिव रघुवीर महासेठसँग ‘गोप्य भेटघाट’ गरेका हुन् ।

images

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि फोन गरेर प्रचण्डलाई बधाई दिँदै ‘आगामी दिन मिलेर अगाडि बढ्न गरेको’ प्रस्तावपश्चात् ओलीनिकट नेता महासेठले गरेको ‘प्रचण्डसंगको भेटलाई अर्थपूर्ण’ रूपमा लिइएको छ ।

यद्यपि, महासेठले भने ‘भेटघाटमा शुभकामना साटासाट मात्रै भएको’ प्रतिक्रिया दिए । तर, एक घण्टाभन्दा बढी समय ‘गोप्य छलफल’ गरेका प्रचण्ड र महासेठको भेटघाटलाई ‘केबल शुभकामना साटासाट मात्रै भएको हो’ भन्नेमा कतिपय सशंकित छन् । ओलीनिकट नेता महासेठले प्रचण्डलाई भेटनुको पछाडि ‘आगामी सरकार गठनबारे छलफल भएको चर्चा छ ।

‘प्रतिनिधिसभामा निर्वाचित भएपछि शुभकामना साटासाट गर्नका लागि गएको हुँ, अरु केही कुरा भएन,’ महासेठले भने, ‘उहाँले नि मलाई शुभकामना दिनुभयो, मैले नि दिएँ र फर्किएँ ।’

सत्तारूढ गठबन्धनको बालुवाटारमा सोमबार नै बसेको बैठकमा ‘निर्वाचन समीक्षाका साथै आगामी सरकार गठनबारे छलफल भयो । सो छलफलमा सत्तारूढ गठबन्धनकै पुनः सरकार बनाउने सहमति जुटेको छ । तर, गठबन्धन बैठकअघि प्रचण्डलाई एमाले सचिव महासेठ र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसमेत छुट्टाछुट्टै भेटघाट हुनुलाई ‘अर्थपूर्ण’ रूपमा लिइएको छ ।

‘जसरी पनि प्रधानमन्त्री बन्ने’ दौडमा रहेका माओवादी केन्द्र अध्यक्ष प्रचण्डले ‘भए सत्तारूढ गठबन्धनबाट नभए एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्री बन्ने’ चाहना राखेको उनीनिकट नेताहरू बताउँछन् ।

केही दिनअघि एकीकृत समाजवादी अध्यक्ष नेपालसँग भेटघाट गरी सिन्धुपाल्चोक सुकुटे पुगेका प्रचण्डले त्यहाँ प्रधानमन्त्रीका लागि आन्तरिक छलफलमा आँफै लागेको बताएका थिए ।

प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचित केही सांसद र जिल्ला नेतासँगको छलफलमा प्रचण्डले ‘सरकारको नेतृत्व गर्नका लागि आफै आन्तरिक तयारीमा जुटिसकेको’ जानकारीसमेत प्रधानमन्त्री शेरबहादुर देउवालाई गराइसकेको बताएका थिए । राजधानी दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :मंसिर २०, २०७९ मंगलवार - ०८:२५:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology