Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

बेलायतमा नेपालीको जनसंख्या बढ्दै, पछिल्लो एक दशकमा ७२ प्रतिशतले वृद्धि

बेलायतमा नेपालीको जनसंख्या बढ्दै, पछिल्लो एक दशकमा ७२ प्रतिशतले वृद्धि

images

इच्छाकामना न्युज

१७, मंसिर २०७९
बेलायतमा नेपालीको जनसंख्या बढ्दै, पछिल्लो एक दशकमा ७२ प्रतिशतले वृद्धि
images
लण्डन । बेलायतमा नेपालीको जनसंख्या गत एक दशकमा ७२ प्रतिशतले बढेको पाइएको छ ।
 
बेलायतको दुई प्रमुख राज्य इङल्यान्ड र वेल्सको जनगणना गर्ने निकाय अफिस फर न्याशनल स्टाटिटिक्स (ओएनएस)ले  सार्वजनिक गरेको जातीयतासम्बन्धी तथ्यांकलाई सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले गरेको विश्लेषणमा सो तथ्य पाइएको हो ।
 
सिएनएस युकेका अनुसार इङल्यान्ड र वेल्सको जनगणनामा जातीयता नेपाली (गोर्खा समेत) उल्लेख गर्नेहरूको संख्या १ लाख ३ हजार ८७५ पुगेको छ । यद्यपि यस तथ्याङ्कलाई ओएनएसले आधिकारिक पुष्टि गर्न बाँकी नै छ ।
 
यसअघि सन् २०११ को जनगणनामा इङल्यान्ड र वेल्समा जातीयता नेपाली बताउने नेपालीहरूको संख्या ६० हजार २०२ मात्र रहेको थियो । एक दशकमा ती दुई मुलुकहरूमा नेपालीहरूको संख्या ७२।५५ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको सिएनएसका कार्यकारी निर्देशक लोकेन्द्रपुरुष ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 
तथ्याङ्कअनुसार रसमोर नेपालीको सबैभन्दा बाक्लो बसोबास रहेको क्षेत्र कायमै रहेको छ जहाँ नेपालीको जनसंख्या १० हजार ५७५ पुगेको छ । सन् २०११ को जनगणनामा रसमोरमा ६ हजार १३१ नेपाली थिए । 
 
त्यसपछि दक्षिण पूर्वी लण्डनको ग्रीनीच नेपालीको दोस्रो घना बस्ती रहेको क्षेत्रमा कायमै छ जहाँ नेपालीको संख्या ७ हजार ६४९ रहेको छ । सन् २०११ को जनगणनामा त्यहाँ ५ हजार ४०७ नेपाली रहेको तथ्यांक थियो । 
 
त्यसपछि रेडिङमा ५ हजार ३४४ नेपाली छन् । सन् २०११ को जनगणनामा रेडिङ २ हजार ७३५ नेपालीको जनसंख्यासहित चौथो स्थानमा थियो । सन् २०११ को जनगणनामा २ हजार ८०० जनसंख्यासहित तेस्रो स्थानमा रहेको ब्रेन्टमा भने नेपालीको संख्या घटेर १ हजार ९३५ मा झरेको देखिएको छ ।
 
तथ्याङ्कअनुसार बेलायतका २० वटा स्थानमा नेपालीहरूको संख्या १ हजारभन्दा बढी रहेको पाइएको छ ।

images
प्रकाशित मिति :मंसिर १७, २०७९ शनिवार - ०९:१६:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology