Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

राजनिति

एमालेले तनहुँमा खाता खोल्यो, तनहुँ २ प्रदेश ‘क’ श्यामराजा महत विजयी

एमालेले तनहुँमा खाता खोल्यो, तनहुँ २ प्रदेश ‘क’ श्यामराजा महत विजयी

images

इच्छाकामना न्युज

७, मंसिर २०७९
एमालेले तनहुँमा खाता खोल्यो, तनहुँ २ प्रदेश ‘क’ श्यामराजा महत विजयी
images

दमौली । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत तनहुँ–२ (१) मा नेकपा (एमाले) का श्यामराजा महत निर्वाचित भएका छन् ।

आज बिहान सार्वजनिक मतपरिणाम अनुसार प्रतिस्पर्धी भन्दा एक हजार सात सय ६६ बढी मत प्राप्त गरी महत प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

महतले १५ हजार छ सय ६५ मत प्राप्त गरेकाे तनहुँ क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए। प्रतिस्पर्धी बाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी) का राजेन्द्रकेशरी न्यौपानेले १३ हजार आठ सय ९९ प्राप्त गरे।

उक्त प्रदेशमा ३७ हजार आठ सय २९ मत खसेको थियो । यो प्रदेशमा व्यास नगरपालिका–५ र ६, म्याग्दे गाउँपालिका तथा शुक्लागण्डकी नगरपालिका पर्दछ ।

विसं २०३४ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएका महतले विसं २०४४ सालमा भएको उपनिर्वाचनमा नै राष्ट्रिय पञ्चायत सदस्यमा चुनावमा पराजय भाेगेका थिए ।

महत विसं २०५४ सालदेखि २०५९ सालसम्म नगर उन्मुख नमुना ढोरफिर्दी गाविसको अध्यक्ष बनेर काम गरेका थिए । नेकपा माले, मानन्धर समूह हँुदै चार पटक जिल्ला कमिटी सदस्य बनेका महत विसं २०४९ मा जिल्ला विकास समिति सदस्यमा निर्वाचित भएका थिए ।

महतले पर्यटकीय शहर पोखरासँग जोडिएको यस क्षेत्रलाई भौतिक पूर्वाधारसँगै सांस्कृतिक शहरको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - ०९:३९:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology