Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

काठमाण्डौँमा उपचारत प्रचण्ड पत्नी सीता दाहालको भोट चितवनमा अर्कैले हालिदिएपछि...

काठमाण्डौँमा उपचारत प्रचण्ड पत्नी सीता दाहालको भोट चितवनमा अर्कैले हालिदिएपछि...

इच्छाकामना न्युज

४, मंसिर २०७९
काठमाण्डौँमा उपचारत प्रचण्ड पत्नी सीता दाहालको भोट चितवनमा अर्कैले हालिदिएपछि...

चितवन । नेकपा माओवादी(केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अनुपस्थितिमा पनि उनको नामका मतदान भएको छ । आज बिहान साढे सात बजेको समयमा भरतपुर महानगरपालिका १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरमा पुगेर छोरी गंगा दाहालले आमाको नामको मतदान गरेको स्थानीयले आरोप लगाएका छन् ।

images

चितवन क्षेत्र नम्वर ३ का सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले सीता दाहालको नामको मतदान भएको जानकारी प्राप्त गरेको  बताए । उनले कसले मतदान गरेको हो भन्नेबारे मतदान केन्द्रलाई नै थाहा हुने बताए ।

उनले उजुरी परेपछि छानबिन प्रकृया अघि बढाइने बताए । सीता दाहाल काठमाण्डौँको एक अस्तालमा उपचारत रहेकी छन् । सीता दाहालको मतदाता नम्बर १४३३९२८३ हो । तर, छोरी गंगा दाहालको सो केन्द्रमा नाम समेत छैन ।

images
प्रकाशित मिति :मंसिर ४, २०७९ आइतवार - १३:४९:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology