आँबुखैरेनी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आँबुखैरेनी गाउँपालिकाका विभिन्न मतदान केन्द्रहरुको अवलोकन गरेका छन्। अध्यक्ष प्रचण्ड चितवनमा भोट हालेर आफु प्रत्यासी रहेको निर्वाचन क्षेत्र गोरखाको क्षेत्र नं. २ जाने क्रममा आँबुखैरेनीका मतदान केन्द्रहरुको अवलोकन गरेका हुन्

अध्यक्ष प्रचण्डले आँबुखैरेनी ४ स्थित बेनिटारमा रहेको जलदेवीआधारभुत विद्याल, आँबुखैरेनी २ स्थित ढकालटारमा रहेको अन्नपूर्ण आधारभुत विद्यालय र आँबुखैरेनी ३ स्थित आँबुखैरेनीमा रहेको रामशाह मावि मतदान केन्द्रको अवलोकन गरेको हो।

तनहुँ क्षेत्र नं. १ र प्रदेश सभा ‘ख’ अन्तर्गत रहेको यस क्षेत्रमा गठबन्धनबाट प्रतिनिधि सभामा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल, नेकपा एमालेबाट एक बहादुर राना र स्वतन्त्रबाट गोविन्दराज जोशी लगायत चुनावी मैदानमा छन्।

यस्तै प्रदेश सभामा गठबन्धनबाट माओवादी केन्द्रका हरि चुमान र नेकपा एमालेबाट पूर्ण बहादुर गुरुङ लगायत चुनावी मैदानमा छन्।