Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ७५ प्रतिशत मत खस्ने आयोगको प्रक्षेपण

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ७५ प्रतिशत मत खस्ने आयोगको प्रक्षेपण

इच्छाकामना न्युज

२, मंसिर २०७९
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ७५ प्रतिशत मत खस्ने आयोगको प्रक्षेपण

काठमाडौँ । आइतबार हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बढीमा ७५ प्रतिशत मत खस्ने निर्वाचन आयोगले प्रक्षेपण गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदातामैत्री केही प्रावधानले ७० देखि ७५ प्रतिशतसम्म मत खस्ने आयोगको अपेक्षा रहेको बताए ।

images

स्थानीय तह निर्वाचनमा पनि यही हाराहारीमा मत खसेको थियो । अहिले मतदान गर्नुहुँदैन भन्ने पक्ष र जनमत बलियो नभएको उनले बताए । उमेदवार ११ हजार हाराहारी रहेको, ८० भन्दा बढी दलले राजनीतिमा भाग लिएको, दलका संगठनमा आबद्ध तथा शुभचिन्तकहरूको सक्रिय सहभागिता रहेकाले एक करोड ३३ लाखभन्दा बढी मत खस्ने आयोगको विश्वास रहेको उनले बताए ।

साढे चार लाख अस्थायी मतदाताले पनि मत हाल्न पाउने अवस्था, दुई दिन सरकारी बिदा, निजी क्षेत्रले पनि दुई दिन बिदा दिने सहमति जनाएकाले मत हाल्ने संख्या बढ्ने प्रमुख आयुक्त थपलियाको भनाइ छ ।

सवारीमा कडा नीति नलिएको, सहमतिमा चलाउन दिने नीति र हवाई उडान खुलै भएकाले यी सबै सहजताले मतदान बढ्ने थपलियाको भनाइ छ । प्रमुख आयुक्त थपलियाले ९९ प्रतिशत सदर मत खस्नेमा आयोग ढुक्क रहेको बताए ।

images
प्रकाशित मिति :मंसिर २, २०७९ शुक्रवार - ०९:२१:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology