Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

निर्वाचन विशेष

आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने, निर्वाचन प्रचारप्रसार गरे तत्काल कारबाही

आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने, निर्वाचन प्रचारप्रसार गरे तत्काल कारबाही

images

इच्छाकामना न्युज

१, मंसिर २०७९
आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने, निर्वाचन प्रचारप्रसार गरे तत्काल कारबाही
images

काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आउँन अब तीन दिन मात्रै बाँकी छ । आज राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसारसम्बन्धी कुनै पनि गतिविधि गर्न निषेध गरिएकाे छ ।

निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घन्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने बताएको छ । आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घन्टाअघि निर्वाचन प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै आसन्न निर्वाचनका उम्मेदवार र कार्यकर्तालाई यसबारे पुनः सचेत गराएको हो ।

आयुक्त रामप्रसाद भण्डारीले मतदानअघिका ४८ घन्टामा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि कार्यक्रम गर्न नपाउने बताए । उनले विगतमा आयोगले मौन अवधि तोक्ने गरेको, तर यस वर्ष भने मौन अवधि नरहेकाले र यस समयलाई स्थिर समयको रूपमा प्रयोग गर्नुपर्ने बताए। उनले कुनै पनि प्रकारको निर्वाचनसम्बन्धी प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गर्ने चेतावनी दिए ।

चुनावका लागि उम्मेदवारहरूलाई प्रचारप्रसार गर्न कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्मकाे समयकाे अवधि ताेकिएकाे थियाे ।आज राति १२ बजेपछि प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न पाउने छैनन ।

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आसन्न मंसिर ४ गते एकै चरणमा हुँदै छ । आयोगले आसन्न निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएकाे जनाएकाे छ ।

images
प्रकाशित मिति :मंसिर १, २०७९ बिहिवार - ०९:१२:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology