Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

राजनिति

मेरो सबैथोक चितवन हो, बाध्यताले चुनाव लड्न गोरखा गएको हुँ : प्रचण्ड

मेरो सबैथोक चितवन हो, बाध्यताले चुनाव लड्न गोरखा गएको हुँ : प्रचण्ड

इच्छाकामना न्युज

२६, कार्तिक २०७९
मेरो सबैथोक चितवन हो, बाध्यताले चुनाव लड्न गोरखा गएको हुँ : प्रचण्ड

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाध्यताले चुनाब लड्न गोरखा गएको बताउनुभएको छ । आज शनिवार भरतपुरमा आयोजना गरिएको सत्ता गठबन्धनको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले चुनाव लड्न गोरखा गएपनि आफु चितवनकै भएको बताउनुभयो ।

images

उहाँले भन्नुभयो,‘मेरो घर चितवनमै छ,यहाँको विकासमा मेरो सधै चासो रहनेछ ।’ चितवनप्रतिको लगाब हिजोदेखि नै रहेको र आज र भोलि पनि निरन्तर रहने उहाँले बताउनुभयो । चितवनमा पूर्वाधारका क्षेत्रमा सुरु भएका विकासका कामलाई पूर्णता दिन निरन्तर लागिरहने प्रचण्डको भनाई छ । गोरखा जानुपर्ने बाध्यता बुझिदिन उहाँले सबै चितवनबासीलाई आग्रह गर्नुभयो । प्रचण्डले २०७४ सालको निर्वाचनमा निर्वाचित गराउने चितवन ३ का मतदातालाई धन्यबाद ज्ञापन गर्नुभयो ।

जनसभालाई प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरवहादुर देउवा लगायतका नेताहरुले सम्बोधन गरेका छन् ।

images
प्रकाशित मिति :कार्तिक २६, २०७९ शनिवार - १९:१८:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology