देवघाट । चर्चित लोकदोहोरी गायीका ज्योति मगर आईतबार तनहुँको देवघाट गाउँपालिकामा पुगेकी छिन्। देवघाटमा पुगेर उनले आईतबार नेकपा एमालेका तनहुँ क्षेत्र नं. १ ‘ख’ का प्रदेश सभा उम्मेद्वार पूर्ण बहादुर गुरुङलाई भोट मागिन्।
राष्ट्रिय युवा संघ नेपाल तथा अखिल नेपाल महिला संघद्वारा देवघाटमा आयोजित युवा तथा महिला भेला कार्यक्रममा उनले गीत गाउँदै प्रदेश सभा उम्मेद्वार पूर्ण बहादुर गुरुङलाई जिताऔं भन्दै भोट मागेकी हुन्।
गायीका मगरले सामाजिक रुपमा अत्यन्त सहयोगी मनका धनी साथै समाजसेवी युवा समेत भएको र जनताको चाहना पूरा गर्न सक्ने सक्षम उम्मेद्वार भएकोले सम्पूर्ण देवघाटवासीलाई यसपालीको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ ‘ख’ को प्रदेश सभा सदस्यमा पूर्ण बहादुर गुरुङलाई आफ्नो अमुल्य मतदान गरि जिताउन आग्रह गरेका थिए।