आँबुखैरेनी । चर्चित लोक तथा दोहोरी गायीका ज्योति मगरले नेकपा एमालेको तनहुँ क्षेत्र नं. १ ‘ख’ को प्रदेश सभा सदस्य उम्मेद्वार पूर्ण बहादुर गुरुङलाई जिताऔं भन्दै भोट मागेकि छिन्। हरिबोधनी एकादशीको अवसरमा बिहिबार रातिदेखि संचालन भएको मुग्लिन पारि त्रिवेणी एकादेशी मेलामा आफ्नो गायन प्रस्तुती प्रस्तुत गर्दै उनले गुरुङलाई भोट मागेकी हुन्।
गायीका ज्योतिले सामाजिक रुपमा अत्यन्त सहयोगी मनका धनी साथै युवा समेत भएको र जनताको चाहना पूरा गर्न सक्ने सक्षम उम्मेद्वार भएकोले सम्पूर्ण तनहुँवासीलाई यसपालीको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. २ ‘ख’ को प्रदेश सभा सदस्य उम्मेद्वार पूर्ण बहादुर गुरुङलाई जिताउन आग्रह गरिन्।