Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

पालिकामा निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो पार्टीका उमेदवारको प्रचार गर्न नपाउने

पालिकामा निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो पार्टीका उमेदवारको प्रचार गर्न नपाउने

images

इच्छाकामना न्युज

१६, कार्तिक २०७९
पालिकामा निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो पार्टीका उमेदवारको प्रचार गर्न नपाउने
images

काठमाडौं । निर्वाचन आयोगले पालिकामा निर्वाचितहरूले आफ्नो पालिकाभित्र उठेका आफ्नो पार्टीका उमेदवारको प्रचारप्रसार गर्न नपाउने जनाएको छ । अन्य पालिकामा गएर भने प्रचारप्रसार गर्न पाइनेछ । 

“पालिकामा निर्वाचितहरुले आफ्नो पालिकाभित्र आफ्नो दलको उमेदवारको प्रचारप्रसार गर्न पाउनुहुन्न,” निर्वाचन आयुक्त रामप्रसाद भण्डारी भन्छन्, “यसरी अर्को पालिकामा गएर प्रचार गर्दा पनि निर्वाचित प्रतिनिधिले सरकारी सम्पत्तिको प्रयोेग गर्न पाउने छैन । पदीय हैसियतलाई बिर्सिएर व्यक्तिगत रुपमा मात्रै प्रचारप्रसारमा सहभागी हुन सकिनेछ ।” 

सरकारी सम्पत्तिको निर्वाचन प्रचारमा पालिकाका प्रतिनिधि मात्रै नभएर संघ र प्रदेश सरकारका निर्वाचित प्रतिनिधिले पनि नपाउने आयुक्त भण्डारी बताउँछन् । पदीय दुरुपयोग गर्दै सरकारी सम्पत्ति प्रयोग गरेको पाइए कारबाही गर्ने उनको चेतावनी छ । 

निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन निर्वाचन आयोग प्रतिबद्ध रहेको र त्यहीअनुसार अगाडि बढिरहेको पनि उनले स्पष्ट पारेका छन् । 

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ । 

images
प्रकाशित मिति :कार्तिक १६, २०७९ बुधवार - ०८:११:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology