Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

फेसबुक कम्पनी मेटासँग आयोगको छलफल 

फेसबुक कम्पनी मेटासँग आयोगको छलफल 

इच्छाकामना न्युज

१, कार्तिक २०७९
फेसबुक कम्पनी मेटासँग आयोगको छलफल 

काठमाण्डौ । सामाजिक सञ्जालबाट निर्वाचनलाई प्रभाव पार्ने, होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण भाषण राख्ने उम्मेदवार र नेताकार्यकर्ताको निगरानी गर्ने बारेमा आयोगले सामाजिक सञ्जाल फेसबुकका प्रतिनिधिसँग हिजो छलफल गरेको छ । निर्वाचनको समयमा फेसबुकबाट हुन सक्ने सम्भावित अवाञ्छित क्रियाकलाप रोक्ने सम्बन्धमा छलफल केन्द्रित थियो ।

images

फेसबुक कम्पनी मेटाको प्रतिनिधमण्डलले निर्वाचन प्रक्रियाको समयमा फेसबुकमार्फत हुने तथ्यहीन, भ्रामक एवं घृणायुक्त सामग्री रोक्न सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । मतादाताले सामाजिक सञ्जाल प्रयोग गर्दासमेत आचारसंहिताको पालना गर्नुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सीआईएनसँग बताउनुभयो ।

आयोगले सामाजिक सञ्जाल भित्र एसएमएस, फेसबुक, मेसेञ्जर, भाइबर, ट्वीटर, यूट्यूब, इन्स्टाग्राम लगायतका माध्यमलाई उल्लेख गरेको छ । आचारसंहिता विपरीत सामाजिक सञ्जालमा सामग्री राख्ने, साझा गर्ने लगायतका गतिविधि गरेमा आयोगले सुरुमा सचेत बनाउने, दोहो¥याए कानुनी उपचार खोज्ने र अन्तिममा कारबाही गर्ने बताएको छ । 

images
प्रकाशित मिति :कार्तिक १, २०७९ मंगलवार - ०८:५८:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology