Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आजदेखि भारतको सिक्किमा दोस्रो अन्तर्राष्ट्रिय गुरुङ सम्मेलन सुरु, मुख्यमन्त्री गोलेले गरे उद्घाटन

आजदेखि भारतको सिक्किमा दोस्रो अन्तर्राष्ट्रिय गुरुङ सम्मेलन सुरु, मुख्यमन्त्री गोलेले गरे उद्घाटन

images

इच्छाकामना न्युज

२५, आश्विन २०७९
आजदेखि भारतको सिक्किमा दोस्रो अन्तर्राष्ट्रिय गुरुङ सम्मेलन सुरु, मुख्यमन्त्री गोलेले गरे उद्घाटन
images

सिक्किम । आजदेखि भारतको सिक्किममा दोश्रो अन्तर्राष्ट्रिय तमू सम्मेलन सुरु भएको छ । सिक्किम स्थित देन्ताममा सुरु सम्मेलनको मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले समुद्घाटन गरेका हुन् ।     

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले गुरुङ समुदायको भाषा संस्कृति जगेर्नाका लागि  सिक्किम सरकार हरदम तयार रहेको बताए । आफु मुख्यमन्त्री भएपछि सिक्किममा दुई स्थानमा गुरुङ समुदायको संस्कृति जगेर्नाका  लागि रोधीघर स्थापना गरिएको  बताए ।  गुरुङ समुदायलाई आदीवासी जनजातीमा सुचितकृत गर्नका लागि केन्द्र सरकार समक्ष सिफारिस गरेको  पनि  मुख्यमन्त्री गोलेले बताए ।  

IMG_5649.JPG

तमू ह्यूल छोँजधी (गुरुङ राष्ट्रिय परिषद्)का  पूर्व अध्यक्ष रेशम गुरुङले विश्वभर  छरिएर रहेका गुरुङहरुको  रहनसहन एउटै भएको  बताए ।  विश्वभरका  गुरुङहरु संगठित हुनु राजनितिक, धर्म देश र भुगोल भन्दा माथिको कुरा  रहेको बताए । गुरुङहरुमा जहाँ भएपनि एउटै रितिरिवाज र परम्परा कायम रहेको उनको भनाइ छ । 

उनले भने,‘बेलायती महारानीले पनि सलाम चढाउने  त्यस्तो त्यास्तो तक्मा पाउने गुरुङहरु , भेडा चराउँदै  र हलो जोत्दै गुरुङहरु जो अन्तर्राष्ट्रिय रुपमा   फैलिएका छन्, उनीहरुको साझा संस्था, संस्थाहरुको पनि संस्था बनाउनका निम्ति अन्तर्राष्ट्रिय तमु परिषद्को स्थापना गरिएको हो, जो राजनितिक, धर्म भुगोल र सीमाना भन्दा माथि छ ।’ उनले यस संस्थाको तमु  ह्यूल छोँजधीले नेतृत्व गरेको  बताए । 

IMG_5589.JPG

तमु ह्यूल छोँजधी गुरुङ राष्ट्रिय परिषद्क अध्यक्ष तथा सम्मेलन  आयोजक अन्तर्राष्ट्रिय तमू परिषद्का अध्यक्ष कर्ण बहादुर गुरुङले  विश्वभर रहेका गुरुङलाई एकताको सुत्रमा बाँध्नका लागि यस संस्था स्थापना गरिएको  बताए ।  सम्मेलनमा तमू समुदायको भाषा, धर्म, संस्कार, संस्कृति, आर्थिक अवस्था, सामाजिक अवस्था, शैक्षिक स्थिति, विकास, पहिचान लगाएतको विषयमा व्यापक छलफल र बहस हुने उनले बताए । 

आजदेखि असोज २७ गते अर्थात २०२२ अक्टोबर ११–१२ र १३ गते सम्म  तीन दिन चल्ने सम्मेलनका लागि २५ देशबाट प्रतिनिधिहरु सिक्किममा भेला भएका छन् । 

IMG_5551.JPG

आज पहिलो दिन विभिन्न देशबाट आएका प्रतिनिधिहरुले आफ्नो देशमा गुरुङ समुदायको अवस्था र भइरहेको गतिविधिबारे रिर्पोटिङ गरेका थिए भने तमू सम्बन्धि लेखिएका पुस्तकको विमोचन र परिषद्को झण्डा सिक्किमको गुरुङ समाजलाई जिम्मेवारी सहित हस्तान्तरण पनि गरिएको थियो।  

अन्तर्राष्ट्रिय तमू परिषदको आयोजनामा सुरु भएको सम्मेलनको अखिल भारतीय गुरुङ तमू बौद्ध संगठनको संयोजकत्वमा र गुरुङ एसोशियशन अफ सिक्किमले व्यवस्थापन गरेका छन् ।

images
प्रकाशित मिति :आश्विन २५, २०७९ मंगलवार - २२:२३:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology